सैन्य विमान दुर्घटना हुँदा १०५ जनाको मृत्यु

0
58

अल्जेरियामा बुधबार बिहान एक सैन्य विमान दुर्घटना हुँदा कम्तीमा एक सय पाँच जनाको मृत्यु भएको छ ।

अल्जेरियाको बैउफरिक सैन्य विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या अझैं बढ्न सक्ने बीबीसीले जनाएको छ।

दुर्घटनाकाे कारणबारे खुल्न नसकेकाे उक्त घाइतेहरुको विवरण नआएपनि उनीहरुको उपचार भइरहेको जनाइएको छ । तर, टिभी रिर्पोटका अनुसार दुर्घटनाग्रस्त स्थलमा एम्बुलेन्सहरु परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ।

राजधानी अल्जेरिस नजिकै रहेको बैउफरिक विमानस्थल एल्जेरियाको प्रमुख सैन्य विमानस्थल हो।

तस्वीर स्राेत: सिएनएन 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here