मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडालाई

0
142

काठमाडौं । ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन् । बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपूर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए ।

उत्कृष्ट जवाफ दिएर श्रृंखलाले ‘मिस नेपाल २०१८’को उपाधिमा कब्जा जमाएकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले ताज पहिराएकी हुन् । यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितिन्। उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here