च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक

0
60

च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए।

पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ मे मा हुनेछ। पहिलो लेगमा बायर्नले घरेलु मैदानमा रियललाई र लिभरपुलले घरेलु मैदानमा रोमालाई निम्त्याउने छ ।

रोमाले क्वाटरफाइनलमा बार्सिलोनालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने बायर्नले सेभिल्ला, रियलले युभेन्टस र लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here