थाहा पाउनुहोस्, यदी तेस्रो विश्वयुद्ध भएमा कुन–कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ?

0
1870

एजेन्सी । सिरिया सरकारले रसायन ग्याँसको प्रयोग गरी आक्रमण गरेपछि विश्वभर खैलाबैला नै मच्चिएको थियो । त्यसको प्रतिउत्तरमा अमेरिकाले सिरिया सरकारविरुद्ध आक्रमण गरेको थियो। सिरिया सरकारमाथि भएको आक्रमणपछि कतै तेस्रो विश्वयुद्ध हुने त होइन भन्ने शंका धेरै नै उब्जेको छ । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा एकाेहाेराे आक्रमण गरेपछि रसिया, चीन र इरानले यसकाे विराेध गरेका छन् । विश्वभर अब तेस्राे विश्वयुद्ध हुने खैलाबैला मच्चिएकाे छ ।

आउनुहोस् हेरौ एक्सप्रेस अनलाइन मिडियाले बनाएको एक रिपोर्टः

१. स्विजरल्याण्ड

तटस्थ बस्दै आइरहेको यस राष्ट्रले इतिहासका कालखण्डमा पनि आफु सुरक्षित राष्ट्र भएको उदाहरण दिएको थियो । ठुला बंकरहरु र ठुलै संख्यामा रहेका आर्मीहरुका कारण पनि इतिहासमा भएका भयानक हिंसाबाट स्वीजरल्याण्ड सुरक्षित रहेको थियो ।

यदी युद्ध भएमा छिमेकी राष्ट्रहरु जर्मनी, फ्रान्स र इटाली सम्भाव्य खतरनाक हुनसक्छन् । तर, स्वीजरल्याण्ड हिमालहरुले घेरिएको राष्ट्र हो जसका कारण यस देशलाई सुरक्षित मानिन्छ । तेस्रो विश्वयुद्ध भइहालेमा मानिसहरुले हिमालमा सुरक्षीत रुपमा बस्न सक्नेछन् ।

२. तुभालु

प्रशान्त महासागरमा अवस्थित रहेको यो राष्ट्र तटस्थ र गरिब राष्ट्र हो । अरु राष्ट्रहरुको सम्बन्धदेखि धेरै पर रहेका कारण पनि यस देशमा सुरक्षीत हुन सकिने बताइएको छ ।
यो देशको जनसंख्या पनि निकै न्युन रहेको छ भने प्राकृतिक स्रोत पनि थोरै रहेको छ । यसका कारण पनि मुख्य शक्तिशाली राष्ट्रहरुको नजरमा यस देशलाई आक्रमण गर्नु कुनै औचित्य देख्ने छैनन् ।

३. न्युजील्याण्ड

विश्वकै विकसित राष्ट्रहरुको सुचीमा रहेको न्युजील्याण्ड स्थाइ प्रजातन्त्र रहेको छ । विश्वका कुनै पनि द्वन्द्वमा नपरेको यो राष्ट्रमा धेरै हिमाल र पहाडहरु रहेका छन् । यसले पनि सुरक्षा दिने विश्लेषकहरुको भनाइ रहेको छ ।

४. भुटान

विश्वकै सबैभन्दा युनिक क्षेत्रमा रहेको राष्ट्र मानिन्छ भुटान । हिमालहरुले घेरिएको यो राष्ट्र भुपेरिवेष्ठिक राष्ट्र हो । सन् १९७१ मा युनाइटेड नेशनमा सम्मलित भएको यो राष्ट्रको राजनैतिक रुपमा अमेरिकासँग कुनै पनि डिप्लोमेटिक सम्बन्ध रहेको छैन ।

५. चिली

ल्याटिन अमेरिकाको समृद्ध र स्थिर राष्ट्र हो चिली । मानव विकास सुचाङंमा यो देश ल्याटिन अमेरिकी राष्ट्रहरुमध्ये सबैभन्दा अगाडि आउँछ ।

यो राष्ट्रलाई एन्डेस हिमालले घेरेको छ ।

६. आइसल्याण्ड

तटस्थ राष्ट्रको रुपमा परिचीत आइसल्याण्ड ग्लोबल पिस इण्डेक्स २०१६ को सुचीमा पहिलो स्थानमा रहेको छ ।

यो देशको पनि जमिनको सिमा रहेको छैन । यो देशलाई पनि हिमालहरुले घेरेको छ ।

केही हिंसा भड्की हालेमा पनि यो देशमा सुरक्षीत रुपमा बस्न मिल्छ ।

७. डेनमार्क

यदी विश्वयुद्ध भएमा डेनमार्कले ठुलै क्षति व्यहोर्ने छ । यसको एकमात्र कारण हो नेटोमा डेनमार्कको संलग्नता । यसका कारण पनि युरोपियन युनियनका प्रमुख राष्ट्रहरुलाई ठुलै चुनौती हुनेछ ।
तर, यस देशको ग्रीनल्याण्ड अपवाद रहेको छ । यो निकै विकट क्षेत्रमा रहेको छ भने राजनैतिक रुपमा जोडिएको क्षेत्र पनि होइन ।

८. माल्टा

मेडिटेरिन समुन्द्रमा रहेको यो सानो द्वीपलाई इतिहासमा पनि कसैले महसुस गरेनन् । यस देशमा हिस्सा फैलिने र युद्ध हुने सम्भावना पनि निकै न्युन रहेको छ । यस द्वीपमा आक्रमण गरेर मिसाइल खेर फाल्न कसैले पनि रुचाउँने छैनन् ।

९.आयरल्याण्ड

समृद्ध र विकसित राष्ट्र आयरल्याण्डको ठुला राष्ट्रहरुसँग बलियो सम्बन्ध रहेको छैन । यो राष्ट्र नेटामा पनि सहभागि रहेको छैन । बाह्य कुनै विवादबारे भित्राउनु परेमा आइरिस कानुनका अनुसार यो अनुमति युएनबाट लिनुपर्नेछ ।

१०. फिजी

तेस्रो विश्वयुद्ध भएमा सुरक्षित राष्ट्रहरुको सुचीमा रहेको राष्ट्र हो फिजी । सम्भावित आक्रमणकारीहरुले यो राष्ट्रलाई खासै महत्वका साथ लिने गर्दैनन् । वैदेशिक मामिलमा तटस्थ र सानो जनसंख्या भएको फिजीमा खासै महत्वपुर्ण खालमा स्रोतहरु पनि रहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here