विमानस्थलबाट ठूलो परिणाममा सुन समातियो

0
335

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा अवैध सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

दुवै जनाले जुत्ताभित्र दुई केजी ८ सय ३० ग्राम अवैध सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।

प्रहरीका अनुसार उनीहरुबाट बरामद सुनको मूल्य १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्छ । उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए ।

बरामद सुन र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगल पठाएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here