माओबादी नेता आचार्यले सोधेको प्रश्नले देउवालाई समस्या !!!

0
593

दाङ । नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्का सत्ता बाहिर भए पनि भित्र भए पनि सधै चर्चा आए । चैत्र १६ गते निधन भएपछि नेपाली काँग्रेसले करिब दुई हप्तासम्म कुनै पनि औपचारिक कार्यक्रम गरेन ।

नेपाली काँग्रेसभित्र निकै चतुर र प्रभावकारी भुमिकामा रहेका खड्काको बलमा सभापतिको पदमा शेरबहादुर देउबा आसिन हुन सफल भए । तीनै खड्काको निधन भएको १३ दिनमा नेपाली काँग्रेस दाङले चैत्र २८ गते आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओबादी केन्द्र दाङका सहईञ्चार्ज निर्मल आचार्यले गरेको मन्तब्य काँग्रेसीजनले बिर्सन सकेनन् ।

मन्तब्यका क्रममा आचार्यले शेरबहादुर देउबालाई खुमबहादुर खड्काको सपना दाङलाई प्रदेशको राजधानी बनाउने भए पनि तत्कालीन सरकारले घोषणा गर्न नसकेकोमा दुख मान्नुभएको स्मरण गराएपछि श्रद्धाञ्जलीसभामा सहभागीले ताली बजाएका थिए ।

आचार्यले मन्तब्य राखी सकेपछि नेपाली काँग्रेसका सभापति एवं पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबाले मञ्चमा बोलाएर कुरा गरेका थिए । कुराका क्रममा देउबाले तत्कालीन अबस्थामा माओबादी केन्द्र पनि सरकारमा रहेको र अब बाम सरकारले काम गर्न सक्ने जवाफ दिएका थिए । साथै राजधानीको निर्णय गर्दा माओबादीका मन्त्रीहरु विना विभागीय मन्त्रीका रुपमा गएको स्मरण गराएका थिए ।

स्वर्गीय नेता खड्काका समर्थक सहभागी रहेको कार्यक्रममा सभापति देउबाले भने मन्तब्यका क्रममा आचार्यको जवाफ दिएनन् । नेता खड्काको निधनपछि दाङमा खड्काको नेतृत्व कसले गर्ने विषयले बहस पाएको छ । यद्यपी खड्का छोरा अनुराग खड्काले राजनीतिमा आउने श्रद्धाञ्जली कार्यक्रममा उद्घोष गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here