के मन्त्री र मेयरले गर्ने काम यी हुन् अब

0
726

पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र पोखरा बिमानस्थललाई शनिबार फ्रि वाइफाइ जोन घोषणा गरियो । सुन्दा अलिक अचम्म लाग्योु । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.को सहयोग तथा पोखरा लेखनाथ महानगरको सहकार्यमा पोखरा लेखनाथ महानगरको पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र पोखरा बिमानस्थलमा शनिवार नया वर्षको अवसर पारी फ्रि वाइफाइ जोन घोषणा गरिएको उक्त कार्यक्रमको घोषणा गरेका थिए चार नम्बर प्रदेशका प्रमुख पृथ्वी सुब्बा गुरुले ।

त्यस्तै कुनै पनि कार्यक्रमको उद्घाटन गर्न नजाने बताएका पोखरा लेखनाथ महानगरपालिकाका मेयर भने पोखरा बिमानस्थलमा वाइफाइ बक्सको सांचो हस्तान्तरण गरी फ्री वाइफाइ जोनको घोषणा गर्दै थिए ।

पश्चिमाञ्चल हस्पिटलमा बिरामीहरुको चाप उच्च रहेको छ । देशकै दोस्रो ठुलो हस्पिटलमा फ्रि वाइफाइको भएको घोषणा गर्न गएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जि सीले सहज रुपमा हस्पिटलमा स्वास्थ्य सेवा नपाएकाहरुको गुनासो कहिले सन्ने होलान् । प्राथमिकतामा राखिनु पर्ने कार्यक्रमहरु के भइरहेका छन् प्रदेश ४ का जनताले कहिले अनुभुत गर्न पाउने हुन् सबैको चासोको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here