नेपाली सेनालाई माछा खान प्रतिवन्ध !

0
469

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका नेपाली सेनालाई माछा खान प्रतिवन्ध लगाइएको छ ।

निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिएका छन् । त्यस्तै कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधाआधा माछा भागबण्डा गरेको भन्ने समेत गुनासो आएपछि यो निर्णय गरिएको उनले बताए ।

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा भएको र माछाको संख्या घटेसँगै गोहीको संख्या पनि घट्ने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् । निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here