प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

0
91

आइतबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लिगको पुछारमा रहेको वेस्टब्रोमसँग १-० गोलले पराजित भएपछि म्यानचेस्टर सिटी च्याम्पियन बनेको हो ।

शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले टोटनहमलाई ३-१ गोलले पराजित गरेको थियो ।

लिगको ३३ खेल खेलिसक्दा म्यानसिटीको ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानुको ७१ अंकमात्र रहेको छ । अब लिगमा पाँच खेल खेल्नमात्र बाँकी रहेको छ ।

म्यानचेस्टर युनाइटेडले सिटीलाई भेट्याउने अन्तिम आस वेस्टब्रोमले तुहाइ दिएपछि सिटीले प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यान सिटीले पछिल्लो ८ वर्षमा तीनपटक प्रिमियर लिगमो उपाधि जित्न सफल भएको छ । पेप गुवार्डीवाला आएपछि सिटीका लागि यो सबैभन्दा ठुलो उपलब्धि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here