मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

0
68

स्पेनिस लिग लालिगामा यस सिजन अपराजित रहेको बार्सिलोनाले डेपोर्टिभो लाकुरानालाई उसैको घरेलु मैदानमा ४–२ गोलले पराजित गर्दै ला लिगाको उपाधि उचाल्न सफल भएको छ । बार्सिलोनाको जितमाम लियोनल मेस्सीले ह्याट्रिक गरे । त्यस्तै बार्सिलोनाले २५ औँ ला लिगा उपाधि जित्न सफल भएको हो ।

यस सिजन उच्च फर्ममा रहेका लियोनल मेस्सीले बार्सिलोनालाई सहज जित दिलाए । बार्सिलोनाले उपाधि जिताए साथसाथै आफ्नो गोल सख्या पनि बढाए ।

बार्सिलोनाका लागि विशेष दिन भएका कारण पनि बार्सिलोनाका खेलाडीहरुले सानदार खेल प्रदर्शन गरेका थिए । बार्सिलोनाका लागि पहिलो गोल खेलको ७ औ मिनेटमा फिलिपे काउटिन्होले गरे । डेम्बेलेको पासमा उनले कर्ली सट हानेका थिए ।

त्यसपछि खेलमा चम्किए लियोनल मेस्सी । उनले खेलको ३८ औँ मिनेटमा गोल गरे । तर, दुई गोलको अग्रता लिएको बार्सिलोनालाई चुनौती दिदै डेपोर्टिभोले सानदार कमब्याक गर्यो । उसका लागि लुकार पेरेज र कोलाकले एकएक गोल गरे ।

बार्सिलोनाका मेस्सीलाई भने रोक्न नसक्दा डेपोर्टिभोले हार व्यहोर्नु पर्यो । मेस्सीले खेलको ८२ औ र ८५ औ मिनेटमा गोल गरे । लुइज स्वारेजको पासमा उनले गोल गरे ।

बार्सिलोनाले चार खेल अगावै उपाधि जित्ने क्रममा ३४ खेलमा ८६ अंक जोडेको छ । एथ्लेटिको मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ । रियल मड्रिड भने ३४ खेलबाट ७१ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here