रियल मड्रिडलाई पछार्ने दाउमा बार्यन म्युनिख, पुग्ला त फाइनलमा ?

0
79

एजेन्सी । यूरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लिग अन्तर्गत आज राति स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिखीबच खेल हुँदैछ । यसअघिको पहिलो लेगमा रियल २–१ गोलले अगाडि रहेको छ । यसर्थमा घरेलु मैदान सान्टियागो बेर्नाबेउमै खेल हुने भएकोले रियललाई फाइदा रहेको छ ।

यता घरेलु लिग बुन्डेसलिगाको उपाधि जितिसकेको अवस्थामा बार्यन म्युनिख च्याम्पियन्स लिग पनि जित्न चाहन्छ । उसलाई घरेलु लिगको कुनै दवाव नै छैन तर चिर प्रतिद्धन्द्धी बार्सिलोनाले दुई वटा उपाधि जितिसकेको अवस्थामा रियलको लागि च्याम्पियन्स लिग पनि नजितेमा यस सिजन उपाधिबिहिन हुनेछ । यसअर्थमा रियल बलियो भएर लिगमा प्रस्तुत हुनुपर्नेछ ।

बार्यनले च्याम्पियन्स लिगको अन्तिम ५ खेलमध्ये ४ खेलमा जित तथा १ खेलमा मात्रै हार व्यहोरेको छ । सेमिफाइनलको पहिलो लेगमा रियलले बार्यनलाई हराएको हो । रियल मड्रिड क्वार्टरफाइनलको दोस्रो लेगमा युभेन्टससँग ३–१ गोलले पराजित भएको थियो ।

रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनलाई समग्रमा ५–२ गोल अन्तरले तथा क्वार्टरफाइनलमा युभेन्टेसलाई समग्रमा ४–३ गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै बायर्नले अन्तिम १६ मा बेसिक्टासलाई समग्रमा ८–१ गोल अन्तरले हराएको थियो भने सेभियालाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

घरेलु लिगमा रियलको प्रदर्शन राम्रो छैन । लिगमा ३४ खेल सकिँदा रियल तेस्रो स्थानमा रहेको छ । रियलले कूल २१ खेलमा जित, ८ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर जम्मा ७१ अंक मात्रै बटुलेको छ । ला लिगाको दोस्रो स्थानमा एथ्लेटिको मड्रिड रहेको छ ।

त्यस्तै, जारी सिजनमा बुन्डेस लिगामा बार्यनको प्रदर्शन अत्यान्तै राम्रो रह्यो । बार्यनले कुल ३२ खेल खेल्दा २८ खेलमा जित, ३ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोरेर ८१ अंक जोडिसकेको छ भने दोस्रो स्थानमा रहेको साल्केको समान खेलबाट ५७ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here