च्याम्पियन्स लिगः इतिहास रच्दै रियल मड्रिड फाइनलमा प्रवेश

0
58

गए राति भएको च्याम्पियन्स लिगको सेमिफाइनल खेलको दोस्रो लिगमा रियल मड्रिडले बार्यन म्युनिखलाई सम्रगमा ४-३ गोलले पराजित गर्दै लगातार तेस्रो पटक फाइनलको यात्रा तय गरेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने बार्यन म्युनिखले तेस्रो मिनेटमा नै लिन पुगेको थियो । पहिलो लिगमा २-१ गोललेपछि परेको बार्यनलाई सानदार कमव्याकको आवश्यकता थियो ।

तर, खेलको ११ औ मिनेटमा नै रियलका लागि करिम बेन्जेमाले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमै करिम बेन्जेमा दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए ।

तर, हामेश रोद्रिगेजले खेलको ६-३ औ मिनेटमा बराबरी गोल फर्काए । खेल दुईदुई गोलको बराबरीमा भएको अवस्थामा अवे गोलको आवश्यकता परेको बार्यनले थप गोल गर्न सकेन ।

सम्रगमा ४-३ ले पराजित हुँदै बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियो । रियलका लागि सानदार खेल प्रदर्शन गरे जेसस नाभासले । उनले बार्यनले धेरै प्रहारहरु बिफल पारिदिए ।

बार्यन म्युनिख पछिल्लो दशकमा धेरै पटक सेमिफाइनलसम्म यात्रा गर्ने टोली हो । यस सिजन पनि फाइनलको यात्रा तय गर्नबाट बार्यनको बाधक रियल नै बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here