रोमा लिभरपुलसँग फाइलनमा पुग्ने झिनो आशाका साथ आमने सामने गर्दै

0
71

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल खेलमा इटालियन क्लब रोमा प्रिमियर लिग क्लब लिभरपुलसँग फाइलनमा पुग्ने झिनो आशाका साथ आमने सामने गर्दैछ ।

पहिलो लिग चरणमा ५-२ गोलले पछि परेको रोमालाई दुई अवे गोलको भने एड्भान्टेज रहेको छ ।

बार्सिलोना जस्तो बलियो टोलीविरुद्ध इतिहास रच्दै सेमिफाइनलको यात्रा तय गरेको रोमा लिभरपुलको घरेलु मैदानमा भने पाँच गोल खान पुगेको थियो ।

रोमाकै घरेलु मैदानमा भने अब कस्तो खेल प्रदर्शन गर्ने हो यो भने सबैको चासोको विषय बनेको छ ।

विश्वकै सबैभन्दा खतरनाक तीन खेलाडी माने, सलाह र फिरमिन्होलाई कसरी रोक्न सक्छन् यो पनि सबैको चासोको विषय बनेको छ ।

लामो बल खेल्न रुचाउने रोमाले सट बल खेल्ने लिभपरपुललाई रोक्न कठिन हुने फुटबल विश्लेषकहरु बताउँछन् ।

१२ वर्ष पछि फाइनलको यात्रा तय गर्न लागेको लिभरपुलले यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्न कुनै सकर बाँकी नराख्ने लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here