च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल भर्सेस रियल मड्रिड

0
133

समग्रमा ७-६ गोलले रोमालाई पराजित गर्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

अब लिभरपुलले फाइनलमा रियल मड्रिडसँग खेल्नेछ । रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाले लिभरपुललाई ४-२ गोलले पराजित गरेता पनि सम्रगमा ७६ गोलले लिभरपुलले फाइनलको यात्रा तय गरेको हो ।

पहिलो लिग चरणमा लिभरपुलले ५-२ गोलले रोमालाई पराजित गरेको थियो । अति नै रोमाञ्चक खेलमा लिभरपुलले ९ औ मिनेटमा साइडो मानेको गोल मार्फत अग्रता लिएको थियो ।

तर, खेलको ११ औ मिनेटमा जेम्स मिल्नरले आत्मघाती गोल गर्दा खेल बराबरी अवस्थामा फर्किएको थियो । तर, खेलको २५ औ मिनेटमा लिभरपुलका लागि विजआल्डमले पुन अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा रोमा थप आक्रामक देखियो । कमव्याक गर्ने झिना आशा भएपनि हार भने मानेन । खेलको ५२ औ मिनेटमा इडिन जेकोले बराबरी गोल फर्काए । खेलको ८६ औ र ९० औ मिनेटमा राज्दा नाइगोनालले दुई गोल गरे ।

खेल ४-२ गोलले जिते पनि रोमाले सम्रगमा लिभरपुललाई पराजित गर्न सकेन । १२ वर्षपछि पुन लिभरपुल च्याम्प्यिन्स लिगको फाइनलमा पुग्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here