सिण्डिकेटको असर पोखरामा पनि, सार्वजनिक गाडी ठप्प

0
111

सरकारले यातायात ब्यवसायी समिति खारेज गरेपछि आन्दोलित ब्यवसायीहरुले आज देशैभरी कालो प्लेटका गाडीहरु नचलाउदा सर्वसाधारण मर्कामा परेका छन् । पोखरामा पनि छोटो तथा लामो दुरीका बस तथा ट्याक्सी संचालन भएका छैनन् ।

सरकारको निर्णय स्विकार्य नभएको भन्दै चरणबद्ध आन्दोलनको क्रममा आज कालो प्लेटको गाडी नचलाउने निर्णय भएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार देशभर ३ सय ५ ब्यवसायी समितिका ३ लाख भन्दा बढी गाडी छन् । सबै गाडी ग्यारेजमा राख्ने र कुनैपनि गाडी नचल्ने उनले बताए । रातो, हरियो लगायत अन्य प्लेटका गाडीहरु भने चलिरहेका छन् ।

‘पहिलो चरणमा कालो प्लेटका गाडी रोकेर सांकेतिक आन्दोलन गरेका हौं, केसीले भने–माग सुनुवाई नभए अरु ब्यवसायीलाई पनि गाडी रोकेर कडा संघर्ष गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here