टिवइटर प्रयोगकर्तालाई पासवर्ड फेर्न सुझाव

0
163

एजेन्सी । सोसल मिडिया कम्पनी टिवइटरले आफ्ना लगभग ३३ करोड प्रयोगकर्ताहरुलाई पासवर्ड बदल्न सुझाव दिएका छन् ।
टिवइटरले आन्तरिक जाँचमा पासवर्ड नचोरिएको र उनीहरुको गलत प्रयोग पनि नभएको बताएको छ । तर, पनि सावधानीका लागि सबै प्रयोगकर्ताहरुलाई पासवर्ड फेर्न सुझाव टिवइटरले दिएको हो ।
तर, यो निर्णयले कति पासवर्ड प्रभावित भएका छन् हालसम्म टिवइटरले जानकारी दिएको छैन ।
रोयटर्ससँग कुराकानी गर्ने क्रममा टिवइटरका प्रमुख ज्याक डोर्सले टिवइटरमा केही हप्तादेखि समस्या आएको बताएका थिए ।
एउटा टेक्नीकल कमजोरीका कारण पासवर्ड कम्पनीको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर भएका थिए । टिवइटरले एउटा बंल्ग पोस्ट गर्दै उक्त कमजोरीबारे दुःख व्यक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here