यी १० देश जो आफ्नो आयको ठुलो हिस्सा सेनामा खर्च गर्छन्

0
131

एजेन्सी । सन् २०१७ मा विश्वभरिका देशहरुको सैन्य खर्च १७०० अर्ब डलरसम्म पुगेको छ । यसमा अमेरिकाले मात्र आफ्नौ सैनिकहरुका लागि करिब ६१० अर्ब डलर खर्च गरेको छ ।
त्यस्तै चीनले १२ अर्ब डलर र रुसले १३.९ अर्ब डलर आफ्ना सेनाका लागि खर्च गरेको छ ।
यो खर्चले पनि विश्वका शक्तिशाली देशहरुको अधिक खर्च सैन्य शक्तिमा हुने गरेको छ ।
यी देशहरुले पछिल्लो समय विश्वभर आफ्नो सैन्य ताकतबारे पनि टिप्पणी गरेका थिए । तर, यी देशहरुको घरेलु उत्पादनका आधारमा तीन मुलुकका उक्त सुची सबैभन्दा माथि बनाउँदैनन् जसले सबैभन्दा धेरै खर्च भने सेनामा गरिरहेका छन् ।
विश्वकै सैन्य खर्चबारे अध्ययन गर्दै आइरहेको स्टकहोल्म इन्टरनेशनल पीस इन्सीट्युट अर्थात् सीप्रीको जारी गरिएको रिपोर्ट अनुसार सन् २०१७ मा अमेरिका आफ्नो जीडिपीको केबल ३.१ प्रतिशतमात्र हिंस्सा आफ्नो सेनामा खर्च गरेको छ ।
चीन आफ्नो जीडिपीको १.९ प्रतिशत र रुस ४.३ प्रतिशत हिस्सा सैन्य शक्तिमा खर्च गर्छन् । यो आँकडा अनुसार यस सुचीमा माथिबाट २० देशमा पनि अमेरिका सामेल हुँदैन ।
आउनुहोस् हेरौँ १० देशको सुची जहाँ आफ्नो जीडिपीको कति प्रतिशत हिसाब सैन्य शक्तिमा ठुलो रकम खर्च गर्छन् ।
१०. बहराइन
बहराइन एक द्वीप समुह हो जहाँ सुन्नी राजाको शासन र सेना पनि उच्च पदमा राजबंशको परिवारका व्यक्तिहरुको नियन्त्रण पनि रहेको छ । यहाँ १४ लाख शिया मुसलमान भएका कारण पनि उत्तिकै समस्या रहेको छ । सन् २०११ मा अरब स्प्रिङ मा भएको प्रदर्शनमा सरकार र अधिक भागीदारीको माग गरिएको थियो । यस दौरान प्रदर्शनकारीलाई नियन्त्रण पाउन गल्फ कर्पोरेशन काउंन्सिलको सशस्त्र बल तैनाथ गरिएको थियो ।
सन् २०१७ मा बहराइनले १.३९६ अरब डलर आफ्नो सेनाका लागि खर्च गरेको थियो । जुन प्रतिव्यक्ति आय ९३६ डलर हुन्छ भने जीडिपको ४.३ प्रतिशत हुन आउँछ ।
९.रुस
१९९७ मा रुसले जीडिपीको ४.३ प्रतिशत हिस्सा सेनामा खर्च गरेको थियो । तर, सन् १९९८ मा उसले जिडिपीको ३.० प्रतिशत सेनामा खर्च गर्यो ।
सन् २०१६ मा यो प्रतिशत बढेर ५.५ प्रतिशत बढ्यो । तर, सन् २०१७ मा यो घटेर ४.३ प्रतिशत घट्यो ।
८. लेबनान
लेबनान मध्यपुर्व ती ६ देशमा शामिल छ जोसँग अधि सैन्य सामाग्री छन् । सन् १९७५ देखि १९९० को बीचमा एउटा लामो गृहयुद्धका कारण देशभित्र ठुलो मतभेद आएको थियो ।
सन् २०१७ मा लेबनानले २.४१११ अरब डलर खर्च गरेको थियो जुन जीडिपीको ४.५ प्रतिशत आउँछ ।
७. इजरायल
सन् १९४८ यता यो देशको अन्य देशसँगको सम्बन्ध निकै तनाबपुर्ण रहेको छ । सैन्य शक्तिमा ठुलो रकम खर्च गर्दै आइरहेको इजरायललमा एकतर्फ सिरिया छ भने अर्को तर्फ लेबनान हिजबुल्ला मिलिशिया छन् जो इरान समर्थित छन् ।
सन् २०१७ मा इजरायलले १६.४८९ अरब अमेरिकी डलर सेनामा खर्च गरेको थियो । जुन जीडिपीको ४.७ प्रतिशत हुन आउँछ ।
६. जोर्डन
सन् १९४६ मा जोर्डन स्वतन्त्र भएको थियो । तर, हालसम्म यो देशको संघर्ष चलिरहेको छ । सन् १९६७ मा जोर्डन र इजरायलको ६ दिनसम्म युद्ध चलेको थियो । सन् १९४८ मा अरब र इजरायल युद्ध पछि जोर्डनले पुर्जी येरुशलममा नियन्त्रण गर्दै आइरहेको छ ।
सन् २०१७ मा जोर्डनले १.९३९ अर्ब डलर खर्च गरेको थियो जसको जीडिपी ४.८ प्रतिशत हुन आउँछ ।
५. अल्जेरिया
सन् १९९२ पछि अल्जेरियामा सैन्य सरकार गठन भएको थियो । यसले बहु–पार्टी चुनाव रद्द समेत गरिदियो । सन् १९९२ देखि १९९८ बीच देशमा ठुलो संघर्ष नै चल्यो ।
यसका कारण लाखौ मानिसहरुले ज्यान गुमाए ।
सिप्रीका अनुसार अल्जेरियाले २०१७ मा १०.०७३ अरब डलर सेनामा खर्च गरेको थियो । जुन ५.७ प्रतिशत हुन आउँछ ।
४. कुवेत
कुवेतको जनसंख्या जम्मा ३० लाखमात्र छ । साउदी अरब, इरान, इराकले घेरिएको यो देशमा सवैधानिक राजतन्त्र रहेको छ ।
यहाँ अमेरिकी सैनिकका धेरै सैन्य अड्डाहरु रहेका छन् जुन इस्लामिक स्टेटसँग लड्न राखिएका हुन् ।
सन् २०१७ मा कुवेतले ६.८३१ अर्ब अमेरिकी डलर सेनामा खर्च गरेको थियो जुन जीडिपीको ५.८ प्रतिशत हुन्छ ।
३. कंगो
कंगोले सन् २०१७ मा ०.४८४ अर्ब अमेरिकी डलर सेनामा खर्च गरेको थियो जुन जीडिपीको ६.२ प्रतिशत हुन आउँछ ।
२. साउदी अरब
अरब देशहरुमा प्रमुख शक्ति केन्द्रमा रहेको साउदी अरबले सन् २०१७ मा ६९.४१३ अर्ब डलर सेनामा खर्च गरेको थियो जुन जीडिपीको १० प्रतिशत हुन आउँछ ।
१. ओमान
यो यस्तो देश हो जसले सबैभन्दा धेरै रकम आफ्ना सेनामा खर्च गर्दै आइरहेको छ ।
ओमानले सन् २०१७ मा ८.६८६ अर्ब डलर खर्च सेनामा गरेको थियो । यो जीडिपीको १२ प्रतिशत हुन आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here