गृहमन्त्रीको निर्देशनपछि यातायात व्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ

0
146

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै प्रहरी पक्राउ गर्न शुरु गरेको छ ।

 

गृहमन्त्री थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका हुन् ।

 

प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका उपाध्यक्ष जीवन वञ्जाडे र महासचिव पदम गाहा, हेटौंडाबाट टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here