के रहेछ सार्वजनिक यातायात नै बन्द गरेर सर्वसाधरणलाई दुख दिनुपर्ने कारण ?

0
139

काठमाडौं । सरकार यातायात क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गर्न व्यापक रुपमा लागेपछि यातायात व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा नै गरे । सरकारले यातायतबाट सर्वसाधरण लाभान्वित हुनेगरि कार्यविधि नै पारिद गरेपछि यातायात व्यवसायीहरु आफूहरुलाई सो कार्यविधि मान्य नहुने गरि आन्दोलनमा उत्रिए ।

उनीहरुले उक्त कार्यविधी अव्यवहारिक एवं सवारी तथा यातायात व्यवस्था ऐन २०४९ प्रतिकूलता देखिएको भन्दै सरकारलाई ज्ञापन पत्र नै बुझाए । तर सरकारले उक्त कुरामा वास्ता नै नगरेको भन्दै व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनको कार्यक्रम अनुसार आज साझा, अन्नपूर्ण, मेट्रो सिटी, ओरेन्ज यातायात, महानगर लगायतका कम्पनीका गाडीहरु बाहेक अन्य व्यवसायीहरुको गाडी संचालन नहुँदा यात्रुहरु विहानैदेखि मारमा परेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघको प्रेस विज्ञप्ती

उता यात्रुहरुलाई दुख दिने यातायात व्यवसायीको रुट पर्मिट खारेज गर्न यातायात व्यवसथा विभाग लागेको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार विभिन्न जिल्लाबाट गाडी नचलाउनेहरुको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसेर पर्मिट खारेज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here