पक्राउ पर्ने डरले पोखराका यातायात व्यवसायीको भागाभाग

0
318

सरकारले सिन्डिकेट तोड्न कडाइ गरेपछि हडतालमा उत्रिएकालाई पक्रन आदेश लगत्तै पोखराका यातायात व्यवसायी भागेका छन् ।  कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तारानाथ अधिकारीले उनीहरुलाई पक्रेर मुद्दा चलाउने तयारी गरेका बेला उनीहरु भागेका हुन् ।

पोखरामा पृथ्वीराजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस व्यवसायी समिति र विन्ध्यवासिनी बस सञ्चालक समितिले सार्वजनिक यातायात सेवा दिइरहेका थिए । तर, उनीहरु कसैले पनि शुक्रबार सेवा दिएका छैनन् । ट्याक्सी व्यवसाय समिति पोखराले पनि सेवा ठप्प पारेको छ।

पोखराबाट चल्ने पर्यटकीय बस भने शुक्रबार यहाँबाट छुटेका छन् । प्रदेश प्रहरी कार्यालयका एसपी वीरेन्द्र बस्यालले २२ बस, २० ट्रक र २ माइक्रो बस छुटेको जानकारी दिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा क्षेत्रीले व्यवसायीलाई गाडी चलाउन सम्झाइबुझाइ गर्ने प्रयास भएको बताए । आफू खुसी चलाउनेहरुलाई कसैबाट अवरोध नभएको जानकारी उनले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here