नेयमारलाई कस्तो छ ?

0
57

ब्राजिलियन स्टार नेयमार रसिया विश्व कप खेल्ने नखेल्ने चर्चा चलिरहँदा ब्राजिलका फ्यानहरुलाई एउटा सुखद खबर रहेको छ । उनी विश्वकप अगाडि नै पूर्ण रुपमा फिट हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

मार्सेलेविरुद्धको खेलमा नेयमार घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । नेयमारको खुट्टाको शल्यक्रिया पनि योजना अनुसार भएको उल्लेख गर्दै टोलीका चिकित्सक रोड्रिगो लासमाले विश्वकप अगाडि नै उनी फिट हुने बताएका छन् ।

उनको स्वास्थ्यमा क्रमिक सुधार आएको र स्वयम नियमार पनि फिट हुन रातदिन कसरत गरिरहेका छन् ।

विश्व कपको दाबेदारका रुपमा हेरिएको ब्राजिलले समूह चरणमा स्वीट्जरल्यान्डसँगै कोस्टा रिका र सर्बियाको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here