पोखरा आउदै गरेको बस दुर्घटना

0
224

पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका  छन्। घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here