मादी नदीको पुलमा राखिएको प्रेस कुकर वम सेनाद्वारा निष्क्रिय,बिहेको गाडी तोडफोड

0
340

दमौली । अज्ञात समूहद्धारा आइतबार मादी नदीको पुलमा राखिएको प्रेस कुकर वम नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

पुलमा राखिएको प्रेसर कुकर वम नेपाली सेनाको श्री नं ३ बाहिनीबाट आएको टोलीले निष्क्रिय पारेको थियो । प्रेसर कुकर वम भित्र डोटोनेटर तार भेटिएको थियो । अज्ञात समूहले प्रेसर कुकर वम रातो झोलामा राखेर पुलको बीच भागमा छोडि दिएका थिए । पुलको बीच भागमा शंकास्पद झोला देखिएपछि प्रत्यक्षदर्शीहरुले सुरक्षा निकायलाई जानकारी गराएका थिए। जानकारी पाउने वित्तिकै सुरक्षाकर्मीको टोली उक्त स्थानमा पुगेको थियो ।

पुलमा शंकास्पद वस्तु भेटिएसगै राजमार्गमा यात्रा गर्ने यात्रुहरु र स्थानीय सर्वसाधारणहरु निकै त्रसित हुन पुगेका थिए । यद्यपी उक्त स्थानलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।

यता उक्त वम कस्ले राखेको भन्ने विषय एकिन नभए पनि विप्लव नेतृत्वको माओवादीले राखेको आशंका सुरक्षाकर्मी र सर्वसाधारणहरुले गरेका छन् । यता विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको नेपाल वन्दको प्रभाव आइतबार तनहुँमा परेको पाइयो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधान सञ्चालनमा आएका थिएनन् ।

यद्यपी छिटफुट रुपमा भने सवारी साधानहरु सञ्चालन भएका थिए ।त्यस्तै शैक्षिक संस्था ,उद्योग धन्दा र कलकारखानामा समेत बन्दको प्रभाव परेको थियो ।

 

 

यसैबीच बन्द आव्हानकर्ताले भानु नगरपालिकाको चाम्बासमा एउटा बिहेको गाडी तोडफोड गरिदिएका छन् । तोडफोडबाट गाडीको अगाडि पट्टिको सिसामा क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here