आमाको खोजीमा स्वीडेनदेखि सूरु भएको यात्राः के भेटलिन् त किरनले आफ्नी आमा ?

0
205

स्वीडेनको सुन्दर दृश्यहरुकाबीच आफ्ना भाइ बहिनीसँगको साथ खेल्दै हुर्केकी थिइन् किरन । किरन गस्ताफ्सो एक यस्ती सुन्दर युवती थिइन् जसको आफ्ना भाइ बहिनीसँगको सम्बन्ध कहिल्यै पनि नराम्रो बनेन । किरनका मातापिताले उनको जिन्दगीका सबै खुशीका रंगहरुले भरे, तर, पनि उनलाई लाग्थ्यो उनको जीवनमा कुनै कमी रहेको छ ।

किरनका मातापिताले उनी बाल्यकाल हुँदै बताइ दिएका थिए कि उनलाई गुजरातको एक अनाथालयबाट एडोप गरेका थिए ।

उनले यसबारे एक मिडियासँग आफ्ना कुराहरु सेयर गरेकी थिइन् ।

उनले भनेकी थिइन्,‘जब म स्वीडेन पुगे तब म करीब तीन वर्षकी थिए । मसँग भारत र बाल्यकालका यादहरु छदैछैनन् भन्दा पनि हुन्छ ।’

‘मलाई गोद लिने मेरो माता पितासँग मेरो भेट स्वीडेन एयरपोर्टमा भएको थियो । सन् १९८८ को मार्च १४ को दिन थियो । मलाई एक वकिल र उनी श्रीमतीले स्वीडेन लिएर गएका थिए । कोर्टमा मलाई गोद दिने प्रक्रिया सबै पुरा भएको थियो ।’

उनी भन्छिन्,‘मेरो बाल्यकाल सामान्य रुपमा बित्यो । उनले मलाई कहिल्यै पनि बाहिरी भएको महसुस गराइनन् । मेरी आमा मारिया बर्नाट एक अवकाश शिक्षिका थिइन् । मेरा पिता एक व्यापारी र फोटोग्राफर थिए ।’

उनी भन्छिन्,‘मेरा माता पिताले मलाई कहिल्यै पनि अलग ठाउँबाट आएको अलग व्यक्तिलाई गर्ने व्यवहार कहिल्यै गरेनन् । मलाई गर्व छ म जे छु त्यसैमा मलाई स्वीकार गरेकोमा ।’

तर, पनि उनले आफ्नी धर्म आमामा उनी केही कुरा खोजिरहन्थिइन् । उनलाई लाग्थ्यो र्धमआमामा कुनै कमी रहेको छ । दुई वर्षमा यो भावना अति नै मजबुत भएर आयो ।

सायद हुनसक्छ यो रगतसँग जोडिएको साइनो थियो जसलाई खोज्न म भित्रभित्रै गुम्सिएकी थिए ।

सन् २००० मा यही प्रश्नको उत्तर खोज्न उनी स्वीडेनबाट सुरत आइन् । किरनलाई धर्मपुत्री बनाएको परिवारले नै उनको असली परिवार खोज्न मदत गर्यो ।

सुरत हिराको शहर थियो । किरण यहाँको नारी संरक्षण गृह पुगिन् जहाँबाट उनलाई स्वीडेन परिवारले उनलाई गोद लिएका थिए ।

किरण आफ्नो मनभित्र रहेका उत्सुकताहरु मेटाउन दिनरात परिवार खोजीरहेका थिए । सन् २००५ मा उनी पुन सुरत आइन् । तर, यसपटक भने उनी आफ्नो पढाइका लागि फर्किएकी थिइन् । उनले समाजशास्त्र र मानवअधिकार पढाइको सिलसिलामा फर्किएकी थिइन् ।

यो यात्रामा थप समस्या देखिए भने त्यस्तै प्रश्नका छालहरु पनि उत्तिकै उत्पन्न भए । अनाथालयले उनको बिगतबारे धेरै जानकारी दिएन ।

स्वीडेन फर्केपछि उनलाई गोद लिने कारणबारे अध्ययन गर्न थालिन् भने अनाथालयको जानकारी पनि उत्तिकै रुपमा लिन थालिन् । सन् २०१० मा भनेकी थिइन् कि उनी आफ्नो आमाको खोज अवश्य गर्नेछिन् तर कहाँ कसरी के गर्ने उनी अन्यौलमा थिइन् ।

उनको यो कदमको स्वागत उनलाई गोद लिइरहेका मातापिताले समेत गरे ।

पढाइ सकेपछि उनी स्वीडेनको एक कम्पनीमा करियर काउंसलर बनिन् । उनले सन् २०१६ मा अरुण दोहको एक लेक्चरमा सहभागि भएकी थिइन् । दोह नेदरल्याण्डमा बाल तस्करीको विरुद्ध काम गर्ने एन्जीओका सह–संस्थापक थिए । उनलाई जर्मनीको एक दम्पत्तिले गोद लिएका थिए । उनको जन्म पनि भारतमा नै भएको थियो ।

बच्चाको अवैध तस्करी विरुद्ध अभियान चलाएका दोहले कसरी कोही आफ्ना जडबारे जानकारी पाउन सक्छ । उनलाई राम्रोसँग थाहा थियो आफुलाई जन्मदिने आमाबारे जानकारी हासिल गर्न ठुलै कानुनी लडाइ लड्नुपर्नेछ ।

यसपटक किरनको मनमा आफ्नो असली परिवार खोज्ने नयाँ आशाका किरनहरु उदाए ।

सन् २०१७ मा उनले दोहसँग सम्वाद बढाइन् । दोहले किरणलाई सल्लाह दिदै पुणेमा रहेका अंजली परिवारलाई भेट्न सुझाव दिए जो बालसंरक्षणको काम गर्दै आइरहेका थिए ।

अंजली पवारले एक मिडियालाई यसबारे जानकारी गराएका थिए । किरनसँग सबै कुरा सुनेपछि अंजली पवारले सुरतमा रहेको अनाथालयमा सम्पर्क गरिन् । सुरुमा त उनको कोशिसले कुनै नतिजा हात पार्न सकेन ।

अंजली भन्छिन्,‘ त्यतिबेला मलाई सीएआरए ‘सेन्ट्रल अडाप्सन रिसोर्स अथोरिटी’ को दिशानिर्देशबारे बताउन परेको थियो । जो मलाई यस जानकारी जुटाउन अधिकार दिन्छ ।’

उनका अनुसार,‘दस्ताबेजका अनुसार किरन जब करिब २ वर्षकी थिइन् तब उनलाई उनकी आमाले अनाथालयमा छोडेर गएकी थिइन् । तर, उनलाई भेट्न अनाथालय बारम्बार आउने गर्थिन् । उनले किरनलाई गोद लिन गइरहेको समेत जानकारी थियो । यसरकारण उनले आफ्नो काम गर्ने ठाउँको ठेगाना दिएकी थिइन् ।’

अंजली पवारले थाहा पाइन् कि किरनकी आमाको नाम सिंधु गोस्वामी थियो । उनी सुरतमा घरेलु सहयोगीको रुपमा काम गर्थिन् । अंजली अनाथालयबाट मिलेको ठाउँमा त पुगिन् तर सिंधु भने फेला परिनन् ।

किरन यसपटक भने आफ्नो एक जना मिल्ने साथीसँग भारत आएकी थिइन् । उनकी आमा जहाँ काम गर्थिन् उनीहरुसँग किरनले भेट भयो । स्थानीय प्रशासन र एक सामाजिक अभियानकर्ताको दबाब पछि आमाबारे उनले केही जानकारी पाइन् । तर, यो सुचना उनको आमाको खोज तलाशका लागि काफी भने थिएन । उनीहरुलाई थाहा थिएन किरनकी आमा जिउँदै छन् वा छैनन् ।

 

किरनका लागि यो भावुक बनाउने खालको थियो । पाएका जानकारी संगाल्दै उनी धेरै ठाउँमा पुगिन् तर, कहि कतै आमालाई भेट्टाउन नसक्दा उनी धेरै पटक रुने कराउने गर्थिन् ।
यसैबीच अंजलीलाई किरनको जन्म प्रमाणपत्र भएको रजिस्टार हात लाग्यो । प्रमाणपत्रबाट मिलेको जानकारी उनी एकैछिन् त आश्चर्य चकित नै परिन् । उनले थाहा पाइन् कि किरनको एक जुम्ल्याहा भाइ पनि छन् ।

त्यो दिनलाई याद गर्दै किरनले भनिन्,‘यो अविश्वसनिय थियो । म हैरान थिए ।’

उनलाई गोद लिएका धर्म आमा र पितालाई पनि यो जानकारी थिएन ।

किरनले अजंलीको सहयोगले आफ्नो भाइलाई खोज्न थालिन् । यसका लागि उनलाई धेरै टाढा जानै परेन । उनले पाएको जानकारी अनुसार भाइलाई पनि सुरतमा एक परिवारले गोद लिएका थिए र उनी एक व्यापारी थिए । तर, यो भेट त्यति सजिलो थिएन ।

उनले थाहा पाइन् कि उनको भाइलाई उनको परिवारले गोद लिएको कुरा बताएका थिएनन् र बताउन पनि चाहन्थेनन् । तर, अंजली र किरनको सुझाव पछि उनको परिवारले गोद लिएका छोरालाई सत्य कुरा बताउन राजी भए । र आफ्नी बहिनीले भेट्न चाहेको समेत जानकारी गराउन सहमत भए ।

उनले ३२ वर्षमा पहिलो पटक आफ्नो भाइलाई भेट्ने अवसर पाइन् । उनी आफै भाइको घरमा पुगिन् । घरको ढोका पनि भाइले नै खोले । जब उनीहरुले एकअर्कालाई हेरे तब सबै मौन भए । किरनले आफ्नो भाइलाई केही समयपछि आइक्रिम दिइन् ।

किरनले याद गर्दै भनिन्,‘भाइले मलाई घडी दिएका थिए । उनी उदार स्वभावका थिए । उनको आँखा मेरो जस्तै थियो । तर, उनमा उदासीपन धेरै थियो । मैले उनलाई सोधेकी पनि थिए । उनले जबाफमा आफु एकदमै एक्लो महसुस गर्ने बताएका थिए ।’

किरणले सोच्दै नसोचेको भाइ फेला पारिन् तर, आमालाई भने उनी अझै खोजिरहेकी छिन् । सुरतमा उनले जुन घरमा काम गरेकी थिइन् त्यस घरबाट किरनले फोटो फेला पारेकी थिइन् । त्यही तस्बिरको सहयोगले उनी आज पनि आफ्नी आमा खोज्दैछिन् । उनी भन्छिन्,‘मेरो अनुहार ठ्याक्कै मेरी आमाको जस्तै छ ।’

 

 

अनुवादः रवि अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here