मेस्सीको प्रतिस्पर्धी रोनाल्डो होइनन्, त्यसो भए को हुन् त ?

0
177

बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोप्रति टिप्पणी गरेका छन् ।

उनले उत्कृष्ट खेलाडी बन्न रोनाल्डोसँग प्रतिस्पर्धा कहिल्यै पनि नगरेको बताएका छन् । रियल मड्रिडले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्दा आफुहरु पनि अझ राम्रो फुटबल खेल्नुपर्ने महसुस गरेको उनले बताएका छन् ।

सन् २००८ पछि यी दुवै खेलाडीलेमात्र उत्कृष्ट फुटबलरको उपाधि जित्दै आइरहेका छन् ।

उनीहरुबीच को उत्कृष्ट खेलाडी भन्ने विवाद आज पनि उत्तिकै रहेको छ । मेस्सी आफुलाई आज पनि उत्कृष्ट खेलाडी भन्न रुचाउँदैनन् ।

उनले भनेका छन्, ‘म रोनाल्डोसँग प्रतिस्पर्धा गर्न फुटबल खेल्दिन । उपाधि जित्न हरेक खेलाडीहरु ललायित हुन्छन् । मलाई पनि हुन्छ । लिग जित्ने तथा च्याम्पियन्स लिगको फाइनलमा पुग्ने हरेक खेलाडीको सपना हुन्छ । मलाई एकपटक पुन लिग र च्याम्पियन्स लिगको उपाधि जित्न मन छ ।’

उनले थप्दै भने, ‘इतिहासमा उत्कृष्ट खेलाडी बन्ने उदेश्यका साथ मैदानमा म कहिल्यै उत्रिन । मेरा बारेमा केही भ्रामक कुराहरु पनि गर्न खोजियो । पहिलो दोस्रो तेस्रो उत्कृष्ट खेलाडी भन्नु यो मलाई ठीक लाग्दैन । मेरो प्रतिस्पर्धा म आफैसँग गर्छु ।’

स्पेनिस लिग सकिने बित्तिकै विश्वकपको तयारीमा मेस्सी छिट्टै नै लाग्नेछन् । सन् २०१४ को विश्वकप उपविजेता बनेको अर्जेन्टिना यस पटक भने विश्वकप उपाधि जित्न हरसम्भव प्रयास गर्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here