करिश्माकी छोरी कविताले नेपाली फिल्ममा डेब्यू गर्दै

0
123

नेपाली फिल्मक्षेत्रमा ३ दशक लामो चर्चित यात्रा तय गरिसकेकी अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

‘एउटा यस्तो प्रेम कहानी’ बाट कविताले डेब्यू गर्न लागेकी हुन् ।

एक्सन स्टार शिव श्रेष्ठले निर्माण गरिरहेको उक्त फिल्ममा कविता र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठबीच स्क्रिन सेयर गर्ने फिल्मका निर्देशक दिपेश सापकोटाले जानकारी दिए ।

यसअघि करिष्माले छोरीलाई आफ्नै होम प्रोडक्सनमार्फत डेब्यू गराउने बताउँदै आएपछि कविताले भने ‘एउटा यस्तो प्रेम कहानी’बाट आफ्नो अभिनय यात्रा थाल्ने भएकी हुन् । लामो समयदेखि अध्ययनका लागि अमेरिकामा रहेकी कविता विगत एक वर्षयता नेपालमै छिन् ।

यस फिल्ममा स्टार कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सन्जोग कोइराला लगायतको अभिनय रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here