के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला ?

0
297

एजेन्सी । कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनाका स्टार मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे । उनको यो निर्णयले विश्वभर तरंग नै ल्याइदियो । अर्जेन्टिनाका राष्ट्रपति मोउरिनो देखि फुटबल लिजेण्ड म्यारोडोनाले मेस्सीलाई सम्झाउँदै आफ्नो निर्णय फिर्ता लिन आग्रह समेत गरे । यसैबीच ज्योतिषीहरुले मेस्सीबारे भविष्यवाणी गरेका थिए ।
यसबारे ज्योतिषहरुले आफ्नो तर्क प्रस्तुत गरेका थिए । ज्योतिषहरु भनेका थिए,‘राष्ट्रिय टिमका लागि मेस्सीको कर्म पुगेको छैन । उनले आफ्नो मनस्थिति बदल्नेछन् र राष्ट्रिय टिममा फर्कनेछन् ।’
ज्योतिषीहरुले त्यतिखेर भनेका थिए,‘उनले आफ्नो देशका लागि केही जित्नै पर्नेछ । नत्र भने उनको उच्च सफलता सधै कमजोर हुनेछ ।’
एस्ट्रोलोजर भनेका थिए,‘मेस्सीको जन्म एकदमै शुभपलमा भएको थियो जसमा चारवटा ग्रहहरु चन्द्र, अरुण, ग्रह–एक्स र ग्रह–जेडको मेल रहेको छ । यस्तो मेल भएका मानिसहरु विश्व जित्ने हिम्मत राख्छन् ।’
इतिहासको सर्वश्रेष्ठ खेलाडी हुन पनि उनी राष्ट्रिय टिममा फर्कनु आवश्यक रहेको उनले बताएका थिए ।
उनले थप्दै भनेका थिए,‘उनको कर्मले पनि यही भन्छ । आफ्नो कर्म पुरा गर्न र बार्सिलोना क्लबमा पाएको भन्दा उच्च सम्मान पाउन पनि मेस्सी देशका लागि एकपटक फेरी खेल्नैपर्छ ।’
ज्योतिषीहरु थप्दै भनेका थिए,‘मेस्सी अर्जेन्टिनाका लागि एकपटक फेरि खेल्नेछन्, उनले अर्जेन्टिनालाई ऐतिहासिक जीत दिलाएरै छोड्छन् र हालसम्मकै सर्वश्रेष्ठ खेलाडी भएर फुटबलबाट सन्यास लिनेछन् । उनको आँखाबाट रिसको आँसुभन्दा पनि खुसीको आँशुहरु आउनेछन् जब उनले फुटबल छोड्नेछन् । उनको कथा यही सकिएको छैन ।’
नभन्दै उनले सन्यास लिने निर्णय फिर्ता लिएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनालाई छनोट गराउन पनि उनले अहम भुमिका खेलेका थिए । विश्वकपका लागि छनोट हुन धरफर भएको अवस्थामा उनले ह्याट्रिक गदै जित दर्ता गराएका थिए । विश्वकप छनोट चरणको अन्तिम खेलमा उनले इक्वयडरविरुद्ध ह्याट्रिक गरेका थिए । अब भने ज्योतिषहरुले गरेको भविष्यवाणीलाई लिएर पुन चर्चा हुन थालेको छ ।
अनुवादः द सन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here