चितवनमा अर्जेन्टिना समर्थकको -यालीमाथि प्रहरी हस्तक्षेप

0
222

फुटबलको महाकुम्भ विश्वकप फुटबल नजिकिदै गर्दा बिभिन्न देशको समर्थनमा निस्कने –यालीलाई रोक लगाउने चितवन प्रहरीले जनाएको छ । यसैको सुरुवात स्वरुप अर्जे्न्टिनाका समर्थकहरुले हिजो भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पस पेरिसरबाट अपरान्ह ४ बजे सुरु गर्ने भनिएको –याली चितवन प्रहरीले रोकेको छ ।


अर्जे्न्टिनाको जर्सी र झन्डा सहित –याली गर्न आएका समर्थकहरुलाई सम्भावित दुर्घट्ना हुन नदिन भन्दै रोकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक समुहले एउटा देशको समर्थनमा –याली निकाल्छन, अर्को समुहले अर्को देशको समर्थनमा र्याली निकाल्छन, यस्तोमा दुई समुह बिच झडप हुन सक्ने सम्भावना हुन्छ, त्यसैले कसैलाई पनि –याली निकाल्न दिदैनौ – प्रहरीको भनाई रहेको छ ।


बिगतमा यस्तै कारणले बेला बेलामा झडप भएको भन्दै यस पटक भने त्यस्तो हुन नदिने प्रहरीले जनाएको छ ।  यस्तै जुन देशको समर्थन गरे पनि सडकमा –याली ननिकाल्न समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।  उता अर्जे्न्टिनाका समर्थकहरुले भने आफुहरुले शान्तीपूर्ण –याली निकाल्न खोज्दा पनि प्रहरीले रोकेको बताएका छन् । यस्तै प्रहरीले आफुहरुले लागएको जर्सी खोलेर फाल भन्दै दुर्व्यवहार गरेको समेत उनीहरुले बताएका छन् ।

यस्तै –याली सुरु हुनु अघी बार एसोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा सँग कुरा गर्दा उहाँले हुन्छ भन्नु भयो, त्यसैले हामीले सबै तयारी गर्यौ तर पछी  सबै तयारी पुरा भई सकेपछी रोकिदा दुस्ख लागेको छ’ – अर्जे्न्टिनी समर्थकहरुको  भनाई रहेको छ । उता बार एसोसिएसन चितवनका अध्यक्ष देवकोटाले भने प्रहरीलाई खबर नगरिएको कारण र्याली रोकिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here