पोखराको मणिपालमा एक युवतीले तिम्ल्याह जन्माएपछि…

0
401

पोखरा । पोखरामा बेलाबेलामा अनौठो समाचारहरु सुन्न देख्न पाइन्छ । पछिल्लो समय पोखरा १४ खसीबजारकी आरती शाहले ३ सन्तान जन्माएकी छन् ।

उनले ती तीन सन्तानहरुलाई मनिपाल शिक्षण अस्पतालमा जन्माएकी हुन् । उनले शल्यक्रिया मार्फत् २ छोरी र एक छोरालाई जन्माएकी हुन् ।

जन्मिएका सन्तानमध्ये एक छोरीको तौल ८ सय ग्राम, अर्की छोरीको तौल ७ सय ग्राम र छोरा ७ सय ५ ग्राम रहेकोछ ।

चिकित्सकहरुका अनुसार ती तीन बच्चालाई अस्पतालको आइसियूमा राखिएको छ । आमाको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here