पोखरामा एकाबिहानै बच्चालाई सकडमा छोडेर टाप कसेपछि

0
285

पोखरा । मंगलबार बिहानको पोखरा ७ शान्तिनगर चोक नजिकैको एक सटर अगाडि बेबारिसे अवस्थामा एकजना नाबालक फेला परे । बिहान ६ नबज्दै देखिएको बच्चाका बाबु आमाको स्थानीयले खोजी गरे तर, कोही पनि फेला परेनन् ।
समय बित्दै गएपछि स्थानियले प्रहरीलाई खबर गरे । प्रहरीको सहयोगमा बच्चालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगियो ।

रातिदेखि नै बच्चालाई छाडेका कारण बच्चा अस्वस्थ रहेको र उनको उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपि नविन कार्कीले जानकारी दिए ।

बच्चा भेट्एिको हल्ला फैलिएपछि बच्चा नहुने आमा बुवा धेरैको संख्यामा माग्न आएको उनले बताए ।

उनले पक्रिया पु¥याएर ल्याउनेलाई जिल्ला प्रशासन कार्यालय कास्की वा महिला विकास कार्यालयबाट धर्मपुत्रका रुपमा पाल्न दिने बताए ।

उनका अनुसार बच्चा करिब डेढ महिनाको रहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले धर्मपुत्रका रुपमा पाल्न दिने, संरक्षण गर्न दिने, तत्काल पालन पोषण गर्नदिने तीन विकल्प रहेको बताएका छन् । उनले प्रक्रिया पुरा गरेर मात्र जिम्मा लगाउन सकिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here