स्पेनलाई ठुलो झट्का, विश्वकपको पुर्वसन्ध्यामा प्रशिक्षक बर्खास्त

0
208

काठमाडौँ । रियल मड्रिडले प्रशिक्षकका रुपमा स्पेनका प्रशिक्षक जुलेन लोपेतेगुईलाई नियुक्त गर्दा राष्ट्रिय टोलीको प्रशिक्षकबाट उनी निकालिएका छन् ।

विश्वकपको तयारीमा रहेको स्पेन टोलीलाई ध्यान नदिई रियलको प्रशिक्षकका रुपमा नियक्ति भएको भन्दै उनको कडा आलोचना भएको छ ।

रियलमा प्रशिक्षक भएको २४ घण्टा पनि नबित्तै उनलाई राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाइएका हुन् । उनले धोका दिएको स्पेनिस एफए (रेफ)का प्रमुख लुइज रुवेल्सले बताएका छन् ।

बुधबार उनको राष्ट्रिय प्रशिक्ष्ग्क हटाउने वा विश्वकपसम्म याथवत् राख्ने कुराको टुंगो लाग्ने बताइएको थियो ।

स्पेनका फिफा अधिकारीहरु उनको यो निर्णयले रिसाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

उनको विकल्पको पनि खोजी भइरहेको बताइएको छ । विश्वकपमा पहिलो खेल पोर्चुगलविरुद्ध आमनेसामने गर्ने तयारीमा रहेको स्पेनलाई यो समाचारले ठुलै झट्का लाग्ने बताइएको छ ।

यस्ता खाले घटनाले टिममा नराम्रो असर पार्ने तथा मनोबल गिराउने मिडिया रिपोर्टमा उल्लेख छ । उनको विकल्पमा न्युक्यासलका प्रशिक्षक राफा बेनेटिजलाई नियुक्त गर्न सकिने हल्ला पनि उत्तिकै चलेको छ ।

त्यस्तै अण्डर–२१ प्रशिक्षक अल्बर्ट हेलाडेसलाई पनि नियुक्त गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here