के यसपटकको विश्वकप अर्जेन्टिनाले जित्ला त ? के लाग्छ तपाईलाई ?

0
137

अर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । हालसम्म २ पटक मात्रै विश्वकपको उपाधि उचालेकोअर्जेन्टिनासँग विश्वका महान खेलाडी लियोनल मेसी छन् । त्यसकारण पनिअर्जेन्टिना विश्वकप जित्ने बलियो राष्ट्र बनेको हो ।

मेसी अर्जेन्टिनाको कप्तान हुन् । उनकै कप्तानीमाअर्जेन्टिना विश्वकप २०१८ मा उत्रिँदैछ । मेसीको लागि यो अन्तिम मौका पनि हुन सक्छ आफ्नो राष्ट्रलाई विश्वकप दिलाउने । मेसीका अन्य शारथीहरू पनि निकै लयमा छन् । डिफेन्स मिडफिल्ड र फरर्वाड लाइन पनि राम्रो भएको हुदाअर्जेन्टिनालाई उपाधि दाबेदार राष्ट्रका रुपमा हेरिएको छ ।
अर्जेन्टिनाले अहिलेसम्म सन् १९७८ र १९८६ गरी दुई पटक विश्वकपको उपाधि जितेको छ ।

समूह चरणका खेलहरु
जुन १६ मा आइसल्याण्डविरुद्ध
जुन २१ मा क्रोएसियाविरुद्ध
जुन २६ मा नाइजेरियाविरुद्ध

खेलाडी सूची
अर्जेन्टिनाले विश्वकपको लागि छानेको २३ सदस्यीय खेलाडी

गोलकिपर
विली क्याबालेरो (चेल्सी)
नाह्वेल गुजमान (टिग्रेस)
फ्रान्को अर्मानी (रिभर प्लेट)

डिफेन्डर
गाब्रियल मार्काडो (सेभिया)
फेड्रिको फाजियो (रोमां
जेभियर मास्चेरानो (हेवेइ फच्र्यून)

निकोलास ओटामेन्डी (म्यान्चेस्टर सिटी)
मार्कोस रोजो (म्यान्चेस्टर युनाइटेड)
निकोलास टाग्लाफिको (आएक्स)
मार्कोस आकुवाना (स्पोर्टिङ लिस्बन)
क्रिस्टियानी आस्लादी (टोरिनो)

मिडफिल्डस
एभर बनेगा (सेभिया)
लुकास बिग्लिया (एसी मिलान)
एंगेल डी मारिया (पीएसजी)
जियोभानी लो सेल्सो (पीएसजी)
म्यानुअल लान्जिनी (वेष्ट ह्याम)
क्रिस्टियन पाभोन (बोका जुनियर्स)
म्याक्सिमिलानो मेजा (इन्डिपेन्डेन्ट)
इडुआर्डो साल्भियो (बेन्फिका)

फरवार्ड
लियोनल मेसी (बार्सिलोना)
गोन्जालो हिगुइन (युभेन्टस)
पाउलो डिबाला (युभेन्टस)
सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी)

प्रशिक्षक जोर्गे साम्पावली
अर्जेन्टिनाको प्रशिक्षकको जिम्मेवारी चिलीलाई कोपा अमेरिका जिताउने जोर्गे सम्पावलीले पाएका छन् । साम्पावलीलाई यति ठूलो जिम्मेवारी आएको छ की तीन पटक फाइनलमा पुगेर हारेको पीडा भुलाउन पनि विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन राम्रो हुनुपर्नेछ ।
साम्पावली एक सफल प्रशिक्षक हुन् । उनले खेलाडीहरु छनोट गर्दा पनि टिमलाई बनाउने तरिकाले छानेका छन् ।
उनीसँग चिलीजस्तो राष्ट्रलाई ४ वर्ष सम्हालेको तथा स्पेनिस क्लब सेभियालाई सम्हालेको अनुभव छ । उनी सोही अनुभवलाई व्यवहारिक रुपमा अर्जेन्टिनाको टिममा प्रयोग गरेर विश्वकपको उपाधि जित्न चाहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here