विश्वकपको पहिलो खेल कसले जित्ला ? सेतो बिरालोले गर्यो यस्तो भविष्यवाणी

0
203

अकिलिस नामको रुसी बिरालोले विश्वकप फूटबल प्रतियोगिताको उद्घाटन खेलको विजेता रुस नै हुने भविष्यवाणी गरेको छ ।

भविष्यवाणीका लागि सो बिरालोको अघि दुईवटा प्लेटमा उसलाई मनपर्ने खानेकुरा राखिएको थियो । एउटा प्लेटसँगै साउदी अरेबिया र अर्को प्लेटसँगै रसियाको झण्डा राखिएको थियो ।त्यसपछि टेबलमा राखिएको अकिलिसले दुवै तर्फका प्लेट केहीबेर हेर्‍यो । अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खायो ।

सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूले भविष्यवाणी परम्परा जारी छ ।

यसपटक विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यही बिरालोलाई चयन गरिएको छ । उसले अघिल्लो वर्ष कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेको थियो ।

अकिलिस मानिससँगको सामीप्यका लागि जानिन्छ । ऊ जन्मँदै बहिरो थियो तर त्यसले झन् उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ ।अकिलिस बिरालोले रुसमै भएको कन्फेडेरेसन कपमा तीनचौथाइ भविष्यवाणी सही मिलाएको थियो ।

विश्वकप उद्घाटन खेलमा आज बेलुका पौने ९ बजे रुस र साउदी अरेबिया भिड्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here