विश्वकप विशेषः उरुग्वे भर्सेस इजिप्ट, दुवैलाई जित्नै पर्ने दबाब

0
104

ग्रुप ‘ए’ मा रहेका उरुग्वे र इजिप्टको खेल आज बेलुका पौने ६ बाट सुरु हुँदैछ । पहिलो खेलमा रसियाले साउदीमाथि सानदार जित हात पारेपछि इजिप्ट र उरुग्वेमाथि ठुलो दबाब मिलेको छ ।

पाँच गोलको अग्रता बनाएको रसियालाई दोस्रो चरणमा पुग्न अब यी दुई टिममाथि ठुलै दबाब बनाउनु पर्नेछ । यही कारण पनि उरुग्वे र इजिप्टलाई जित हात पार्नै पर्ने दबाब बनेको छ ।

उरुग्वेका स्टार खेलाडीहरु स्वारेज, काभानी जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् । उता इजिप्टका मोहमम्द सालाह पनि उच्च लयमा रहेका छन् । आउनुहोस् हेरौ टिम विश्लेषण

 

प्रशिक्षक, ओस्कार ताबारेज

रसिया विश्वकपको लागि यूरुग्वेको राष्ट्रिय टिमको व्यवस्थापनको जिम्माओस्कार ताबारेजले पाएका छन् । ७१ वर्षीयताबारेज राष्ट्रिय टिमका पूर्व डिफेन्डर पनि हुन् । उनीसँग प्रशिक्षक बनेको लामो इतिहास रहेका छन् । उनी सन् १९८० देखि हालसम्म बिभिन्न क्लब तथा राष्ट्रिय टिमको व्यवस्थापकको रुपमा रहेका छन् । भने सन् २००६ देखि निरन्तर यूरुग्वेको टिमलाई व्यवस्थापन गर्दै आइरहेका छन् ।

२३ को खेलाडी सूची

गोलकिपर

फर्नांडो मुस्लेरा
मार्टिन सिल्भा
मार्टिन क्याम्पना

डिफेन्डर

डिएगो गोडिन
सेबस्टियन कोट्स
जोसे मारिया गिमिनेज
म्याक्सिमिलिओ परेरा
गास्तोन सिल्भा
मार्टिन क्यासेर्स
गुलमोरो भारेला

मिडफिल्डर्स

इहितान नान्देज
लुकास टोररेरा
मातिस भिसिनो
फेडरिको भालभर्दे
रोड्रिगो बान्टान्कर
कार्लोस स्यान्चेज
जियोर्जियन डे अर्रास्केटा
डिएगो लेक्सल्टर
क्रिस्टियन रोड्रिग्वेज
जोनाथन युरेटाभिस्किया
निकोलस लोडिआरियो
गास्टन रामिरिज

फरवार्ड

क्रिस्टियन स्टुआनी
म्याक्सिमिलिओ गोमेज
एडिन्सन काभानी
लुइस स्वारेज

 

२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्ट कस्तो टिम?
विश्वकपको समूह ए मा रहेको अफ्रिकी राष्ट्र इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकपमा छानिएको हो । सन् १९३४ र १९९० मा इजिप्ट समूह चरणबाटै घर फर्केको थियो ।

आउँदो रसिया विश्वकपको लागि इजिप्टले छनोट चरणमा कंगोलाई २–१ गोलले पराजित गरेपछि पक्का भएको हो । इजिप्टको लागि यस विश्वकप खेल्ने मौका स्टार खेलाडी मोहम्मद सलाहले दिलाएको भन्दा फरक नपर्ला ।

प्रशिक्षक हेक्टर कुपर
इजिप्टलाई रसिया विश्वकपमा छनोट गराउनको लागि प्रशिक्षक हेक्टर कुपरको योगदान उच्च छ । अर्जेन्टिनाका पूर्व खेलाडी रहेको कुपरलाई इजिप्टको प्रशिक्षकको जिम्मेवारी सन् २०१५ मा दिइएको हो ।६२ वर्षीय कुपरले यसअघि जजिर्याको राष्ट्रिय टोलीलाई पनि सम्हालिसकेका छन् भने पर्मा, भ्यालेन्सिया, रियल बेसिट लगायतको क्लबको जिम्मेवारी पनि लिइसकेका थिए ।

खेलाडीहरु

इजिप्टले रसिया विश्वकपको लागि २९ सयदस्यीय खेलाडी छनोट गरेको छ ।

गोलकिपरः
एसेम अल–हरिरी (अल तौवन)
मोहम्मद अल–शनीवा (अल आली)
शेरिफ अर्मी(अल अहिली)
मोहम्मद अडद (इस्लामा)

डिफेन्डर
अहमद फती (अल आली)
साद समर (अल आली)
अब्दुलसेफी (अल आली)
महमूद हामडी ‘अल वेन्श; (जमलेक)
मोहम्मद अब्देल शाफी (अल फथ)
अहमद हिज्जी (पश्चिम ब्रोम)
अली गब्र (पश्चिम ब्रोम)
अहमद अल मोहम्मद (अस्टन विला)
करीम हेजेज (आरसी लेन्स)
उमर गीबेर (एलएएफसी)
अमरो टार्क (ओरल्याण्डो सिटी)

मिडफिल्डर
टर्क हामेड (जिम्माक)
महमूद अब्दुल अजीज (जमकेक)
शिबाबाला (अल रेड)
अब्दलाह अल–नेस (कुईपीएस)
सैम मोर्सी (मोहम्मद)
मोहम्मद एलनेनी (आर्सेनल)
महमूद ‘काहबा’ (इतिहाद)
रमजान सुब्ही (स्टक सिटी)
महमूद ‘ट्रेजगेट’ (कास्मिपासा)
आम वर्डा (एट्रोमोस)

फरवार्ड
मारवान मोहन (अल आली)
अहमद गोमा (अल मस्जिद)
अहमद हसन ‘कोका’ (एससी ब्रगा)
मोहम्मद सलाह (लिभरपुल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here