अन्तिम मिनेटमा आत्मघाती गोल गर्दा मोरोक्कोलाई झट्का, इरानलाई काइदा

0
192

रसियामा जारी २१ औ संस्करणको विश्वकपमा अन्तिम मिनेटमा मोरोक्कोका खेलाडीले आत्मघाती गोल गर्दा इरान १-० गोलले विजयी भएको छ ।

ग्रुप बिको पहिलो खेलमा इरानले कठिन जित हात पारेको हो ।

खेल अवधिभर दुवै देशले गोल गर्ने अवसर सिर्जना गरेतापनि गोल भने गर्न सकेनन् ।

तर, अन्तिम ९५ औ मिनेटमा अजिज बहुहाडडोजले आत्मघाती गोल गर्दा मोरोक्कोलाई झट्का लाग्यो । विश्वकपमा सन् २००६ यता अन्तिम मिनेटमा आत्मघाती गोल गर्दै खेल गुमाउने मोरक्को पहिलो देश बनेको छ ।

सन् २००६ को विश्वकपमा पोचुर्गलले आत्मघाती गोल गर्दा जर्मनीसँग खेल गुमाउन पुगेको थियो । यो जितसँगै इरानले महत्वपुर्ण तीन अंक हात पार्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here