डाक्टर र नर्सलाई बेलायत जान धेरै नै सजिलो, बनायो यस्ता खुकुला नियमहरु

0
87

लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले बेलायतमा काम गर्न आउने गैर युरोपेली मुलुकका डाक्टर र नर्सहरुको भिसाको लागि क्याप नलगाउने घोषणा गरेकी छन ।

बिहिवार युरोपेली देशका बैंकरहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले डाक्टर र नर्सको लागि भिसाको कोटा नतोकिने जानकारी गराएकी हुन ।

अहिलेको व्यवस्था अनुसार बेलायतमा काम गर्न आउने टियर टु भिसा रुटमा वार्षिक २० हजार ७ सय जना भन्दा बढी लाई  भिसा नदिने क्याप लगाइएको छ ।

डाक्टर र नर्स लाई पनि यहि क्याटेगोरीको क्याप लागु हुने गरेको थियो ।

नयां व्यवस्थाले डाक्टर र नर्स लाई क्याप नलागाउने भएपछि एकातिर बेलायत आउन चाहने डाक्टर र नर्सका लागि भिसाको कोटाले बन्देज गर्ने छैन भने अर्कोतिर २० हजर ७ सयको कोटामा यसअघि डाक्टर, नर्सले ओगट्ने गरेको कोटााम अब अन्य कामदार आउन पाउनेछन् ।

यसअघि टियर टु भिसा रुटका लागि निर्धारित कोटामध्ये ४० प्रतिशत झण्डै ८ हजारको हाराहारीमा हरेक वर्ष डाक्टर, नर्स बेलायत आउने गरेका थिए ।

तर हरेक वर्ष दिइने भिसाको संख्या पूरा भएपछि दक्षता भएका हजारौं आवेदकहरु पनि बेलायतको भिसा पाउन असफल हुने गरेका थिए ।

एक तथ्यांकअनुसार सन् २०१७ को नोभेम्बर ६ देखि २०१८ को अप्रिल ५ तारिखसम्ममा बेलायतको भिसा आवेदन गर्ने गैरयुरोपेली मुलुकका डाक्टरहरुको संख्या ३ हजार ५ सय ९९ थियो । यीमध्ये २ हजार ३ सय ६० जनाको आवेदन भिसा क्यापकै कारण अस्वीकृत भएको थियो ।

कडा इमिग्रेसन व्यवस्थाका कारण गैरयुरोपली मुलुकका डाक्टर, नर्सहरु आवश्यकताअनुसार बेलायत आउन नसकेका कारण बेलायतको स्वास्थ्य सेवा प्रदायक नेसनल हेल्थ सर्भिस एनएचएसमा स्टाफ संकट अहिले उत्कर्षमा रहेको बताइन्छ ।

जानकारहरुले इमिग्रेसन नीतिमा गरिएको पछिल्लो परिवर्तनले केहि राहत गरेपनि समस्या पूरै समाधान गर्न भने पर्याप्त नहुने बताएका छन् ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here