अर्जेन्टिनाका खेलाडीहरु केटी झै रुने कराउने गरे

0
186

क्रोसियाका डिफेण्डर साइम भर्साजेकोले अर्जेन्टिनाका खेलाडीहरुमाथि आरोप लगाएका छन् । उनले अर्जेन्टिनाका खेलाडीहरु खेल मैदानमा केटीहरु झौ रुने कराउने गरेको बताएका छन् ।
गएराति भएको खेलमा अर्जेन्टिना ३–० गोलले क्रोसियासँग पराजित भएको थियो । क्रोसियाका लागि एन्टे रेविक, लुका मोड्रिक र इभान राकिटीकले गोल गरेका थिए ।
पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले क्रोसियाविरुद्ध अंक खोस्नु पर्ने बाध्यता थियो । तर, लज्जास्पद हारको शिकार अर्जेन्टिनाले भोग्यो ।
अर्जेन्टिनाका प्रशिक्षक सामपाओलीले खेलमा अर्जेन्टिनाको दबादबा रहेको बताएता पनि साइमले उक्त कुरा स्वीकारेनन् ।
उनले भने,‘मलाई थाहा छैन उनले कसरी खेल हेरे ।’
‘मैले अर्जेन्टिनाका खेलाडीहरु केटी झै रुने कराउने र मैदानमा लड्ने गरेको देखे ।’
‘हामीले खेलमा धेरै नै अवसरहरु सिर्जना गरेका थियौ । तर, गोल गर्न पनि चुक्यौ ।’
अर्जेन्टिनाका लागि अब विश्वकपमा झिनो आशा बाँकी रहेको छ ।
सोही समुहमा रहेका आइसल्याण्ड र नाइजेरियाको खेल आज राति हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here