फ्यान र देशको इज्जत अर्जेन्टिनी टोलीको हातमा

0
95

विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकपमा लज्जास्पद खेल खेल्यो । पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेल खेलेको अर्जेन्टिनाभित्रको समस्या क्रोसियाविरुद्धको खेलमा छताछुल्ल नै भयो ।

विश्वकपको डी समुहमा रहेको अर्जेन्टिना एक अंकका साथ तेस्रो स्थानमा रहेको छ । आज हुने विशेष महत्वपुर्ण खेलमा अर्जेन्टिनाले नाइजेरियासँग आमनेसामने गर्दैछ ।

निकै विवाद र तनाबमा रहेको अर्जेन्टिनाका लागि यो अन्तिम अवसर हो । नाइजेरियामाथि सानदार जित हात पार्नै पर्ने बाध्यतामा अर्जेन्टिना रहेको छ । अर्जेन्टिनाका कप्तान समेत रहेका लियोनल मेस्सीलाई थप जिम्मेवारी पनि उत्तिकै रहेको छ ।

अर्जेन्टिनाको अन्तिम १६ पुग्ने सम्भावना न्यून रहेको छ तर, असम्भव भने रहेको छैन । समुह विजेता रहेको क्रोसिया ती अकंका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै तीन अंकका साथ नाइजेरियाको दोस्रो स्थानमा रहेको छ ।

एक अंक जोडेको आइसल्याण्ड तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको अर्जेन्टिनाले आजको खेलमा देशको र फ्यानको इज्जत राख्नु पर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

नाइजेरियाले आइसल्याण्डविरुद्धको खेल जितेपछि अर्जेन्टिना अर्को चरणमा पुग्ने सम्भावना जिवित भएको हो ।

अर्जेन्टीनाको तुलनामा नाइजेरियालाई जित्नु पर्ने दवाब कम भएपनि आइसल्याण्ड र क्रोएसियाबीचको खेलले भने तनाव दिएको छ ।

अर्जेन्टिनाका प्रशिक्षक सामपाओलीको भुमिकाबारे पनि चर्चा चलेको थियो । तर, विवादका बीच अर्जेन्टिनाले नयाँ रणनीतिक खेल प्रदर्शन गर्छ वा विश्वकपबाट बाहिरिन्छ, यो भने चासोको विषय बनेको छ ।

यदि अर्जेन्टिनालाई हराएमा भने अन्तिम १६ मा पुग्नबाट नाइजेरियालाई कसैले पनि रोक्न सक्दैन ।

नाइजेरियाविरुद्धको खेलमा अर्जेन्टिना ३–३–३–१ को रणनीतिमा उत्रने सम्भावना छ ।

यस्तै नाइजेरियाले भने ४–२–३–१ को रणनीति अवलम्बन गर्नसक्ने सम्भावना छ । यदि यो रणनीतिमा खेलाडीहरु मैदानमा देखिएमा अर्जेन्टिनाको स्ट्राइकर सर्जियो अगुएरो तथा अट्याकिंग मिडफील्डरहरु साल्भियो, मेसी र डी मारियालाई नाइजेरियाको गोलरक्षक इजेन्वा तथा शेहू, त्रुस्ट–ईकोङ्ग, बलोगुन र ओबी जस्ता डिफेन्डर र निदी र ओगु जस्ता डिफेन्सिभ मिडफील्डरको रक्षात्मक घेरालाई तोड्ने चुनौती छ ।

स्टार खेलाडीहरुले भरिएको अर्जेन्टिनामा नयाँ खेलाडीहरु विश्वकप खेल्न पाउने मौका पाएका थिए । तर, त्यसको प्रभाव सोझै खेलमा देखिएको थियो । लिगको अन्तिम खेलमा मेस्सीलाई विशेष महत्वका साथ हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here