आँबुखैरेनी नजिकै तीन सवारी एकआपसमा ठक्कर, ७ जना घाइते

0
247

गोरखा । तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नम्बर–१ को बरादीमा तिन सवारी एकआपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ गइरहेको ग१ख ३०७३ नम्बरको बस, विपरित दिशाबाट आइरहेको बा१७च १८१४ नम्बरको भ्यान र ग५प १९४४ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो २ः३० बजे एक आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका हुन् ।

घाइते हुनेमा पर्वतकी २० वर्षीया पार्वती लामिछने, उनकी ३ वर्षीया छोरी ममता लामिछाने, २५ बर्षका गुरुदत्त तिवारी, बर्ष २५ का कमल लामिछाने रहेका छन् ।

त्यस्तै घाइते हुनेमा चितवनकी २० वर्षीया सरु पाठक, आँबुखैरेनी–४ की २६ वर्षीय बिरबहादुर मगर र पहिचान नखुलेका अन्दाजी ३०–३५ वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी हवलदार प्रेम बहादुर थापाले जानकारी दिएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको थापाको भनाई छ । घाइतेको हाल ४ जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज, २ जनाको मणिपाल अस्पताल र १ जनाको दमौलीमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here