बेपत्ता पौडेलको खोजीकार्य तीब्र

0
101

कास्की प्रहरीले बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । गत असारको ९ गते शनिवार विहानदेखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक शाखाका प्रमुख ओमराज पौडेललाई खोज्न कास्की प्रहरी ब्यापक रुपमा लागी परेको छ ।

असार ९ गते विहान देखी हराएको पौडेलको पोखराको महेन्द्रपुलमा सिसी क्यामेरा फुटेजमा समेत देखिएको र सोही समयमा एकजना ब्याक्ति सेती नदीमा हाम फालेको खवर आएपछि कास्की प्रहरीले पौडेल सेती नदीमा हाम फालेको आशंका गर्दै ब्यापक खोजीकार्यलाई जारी राखेको छ ।

बेपत्ता भएको दिन देखी कास्की प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले सेतीनदीको विभिन्न भागहरुमा खोजीकार्यलाई तीब्र पारेको छ । खोजीकार्यकै क्रममा सोमबार झरीलाई समेत वेवास्था गर्दै कास्की प्रहरीले पोखरा क्यानोनिङको प्राविधीकहरुको सहयोगमा महेन्द्रपुलदेखी महतगौडाको दोविल्ला सम्म संकास्पद ठाउहरुमा खोजी गरेको छ । सोमबार दिउसो २ बजेदेखी सांझ ५ बजेसम्म महेन्द्रपुल, रामघाट पुलको आसपास र दोविल्लामा रहेको सेती नदीको खोंचमा क्यानोनिङको प्राविधीक टोलीमार्फत खोचमा खोजीकार्य गरेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here