वृद्धाश्रममा जे.सि.ए.

0
280

सेवा नै धर्म हो भन्ने मूलमन्त्रका साथ सामाजिक उत्तरदायित्वमा जे.सि.ए. अन्तर्गत ज्येष्ठ नागरिक सहयोग कार्यक्रम– २०७५ राधाकृष्ण वृद्धाश्रम, पोखरा ३२ लामेआहालमा सम्पन्न भएको छ ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जुनियर सिटिजन्स एकेडेमीका होटेल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिजमका इन्चार्ज अरुण पौडेलले गरेका थिए । सो कार्यक्रममा कक्षा १२ होटेल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिजम, व्यवस्थापन र विज्ञान सङ्कायका ४५ जना विद्यार्थीहरु सहभागी थिए ।

वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लिगलले जे.सि.ए.ले विद्यार्थीहरुलाई सामाजिक अभियन्ता बनाउनेतर्फ लागेकोमा खुशी व्यक्त गरे । उनले यान्त्रिक बन्दै गइरहेको वर्तमान समयमा विद्यार्थीहरुलाई यसरी लोककल्याणको कार्यमा समर्पित गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका संयोजक अरुण पौडेलले आफू जहिल्यै सामाजिक अभियन्ता बन्न चाहेको र विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा समावेश गर्नाले जिम्मेवारीबोध हुने धारणा व्यक्त गरे ।

विद्यार्थीहरुले पन्ध्रहजार रुपैयाँ सङ्कलन गरी वृद्धवृद्धाहरुका लागि दिउँसोका खाजा लगायत सामग्री खरिद गरेर आफैले खाजा तयार गरे, खुवाए, वृद्धाहरुसँग बसेर नाचगान गरे, रमाए र नातिनातिना बनेर हसाए । आश्रम परिसरमा सरसफाइ गरे र फेरि आउने वाचासहित विदाइ भए ।

राधाकृष्ण मन्दिरका अध्यक्ष लिगलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरु स्नेहा सुनार र सरोज थापाले मन्तव्य राखे भने विद्यालयका तर्फबाट अतिरिक्त क्रियाकलाप प्रमुख ध्रुव थापा र महेश सेनले कार्यक्रमको बारेमा प्रकाश पारे । कार्यक्रम सञ्चालन विद्यालयका एकेडेमिक डिन सुन्दर मानन्धरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here