पहिचानको नाममा आन्दोलन भजाएर प्रदेशको बिकास हुँदैनः मन्त्री गुरुङ

0
1700

गण्डकी प्रदेशका आर्थिक मामिला तथा ब्यवस्था मन्त्री किरण गुरुङले आफुलाई पहिचान विरोधी भन्नेहरुलाई आन्दोलन छाडेर सम्बृद्धिको पछाडि लाग्न आग्रह गरेका छन । पहिचानको नाममा आन्दोलन भजाएर प्रदेशको बिकास नहुने वताउदै मन्त्री गुरुङले पहिचान जोगाउनका लागी आर्थिक सम्बृद्धि तर्फ अगाडी वढ्न आवश्यक रहेको वताएका हुन ।

जिल्ला समन्वय समिती कास्कीको दोश्रो जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले पहिचानको हौवा पिट्नेहरु साच्चिकै पहिचान जोगाउनेहोभने आर्थिक बिकासमा अगाडी वढ्न आग्रह गर्दै आन्दोलनमा नहोमिन आग्रह गरेका हुन । मन्त्री गुरुङले पहिचानको मुद्धाकै कारण पहिलो संविधान सभा विफल भएको स्मरण गराउदै दोश्रो संविधान सभाले सात प्रदेशको अवधारणा बनाइ स्थानिय तहहरुलाई अधिकार सम्पन्न बनाएको र स्थानिय तहमा बहुजातिय, बहुपहिचानको लागी अधिकार प्रदान गरिसकेकाले अव पहिचानको मुद्धा उठाएर प्रदेशलाई फाइदा नहुने वताए ।

स्थानीय तहको बिकासका लागी आदिवासी जनजाति, महिला, दलित, अल्प संख्यकलाई समेत प्रतिनिधीत्व हुने गरी ठाउ दिएर अधिकार सम्पन्न बनाएकाले अव पहिचान जोगाउनका लागी स्थानिय तहले बिकासका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । नेपालको सात प्रदेशमा कुनैपनि प्रदेश एकल जातिको बाहुल्य नभएको र बहुजाति बहुभाषी समुदायको बस्ती भएकाले सवैलाई मान्य हुने गरी आफुहरुले पनि चार नम्बर प्रदेशलाई गण्डकी प्रदेश नै सही ठानेर नामाकरण गरेको मन्त्री गुरुङको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here