रियल मड्रिड छोडेका रोनाल्डोले लेखे यस्तो पत्र

0
158

विश्वकपमा आफ्नो राष्ट्र पोर्चुगललाई क्वाटर फाइनल सम्म पनि पुर्‍ाउन सकेनन् फुटबल स्टार क्रिश्चियानो रोनाल्डोले । रुस विश्वकपबाट घर फर्केपछि यसअघिका हल्लालाई सही सावित गर्दै अन्ततः स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लबसँगको ९ वर्ष लामो सम्बन्ध टुंग्याए । उनी विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए ।

चारवर्षका लागि १ सय १२ मिलियन पाउन्डमा यूभेन्ट्स पुगेसँगै रोनाल्डोले मड्रिड र क्लबका फ्यानहरुलाई सम्बोधन गरेर भावुक पत्र लेखेका छन् ।
हेर्नुहोस् रोनाल्डको भावुक पत्र-

रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै  आभारीको भावमात्रै रह्यो। मलाई माया र सद्भाव देखाउने सबैप्रति कृतज्ञ छु।

मलाई  के लाग्लायो भने यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग म अनुरोध गर्दछु कि कृपया मलाई बुझिदिनुहोस् । 

यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्‍हो पनि।

किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।

मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ।

व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।

रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।

पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्‍याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।

म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर, अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु, तर, मेरो जर्सी, ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।

सबैलाई धन्यवाद! अनि, ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्‍याउन चाहन्छु:

हाला मड्रिड!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here