‘मेस्सीका कारण रोनाल्डोले रियल मड्रिड छोडेका हुन्’

0
156

म्यानचेस्टर युनाइटेडका लिजेण्ड रायन गिग्सले रोनाल्डोले युभेन्ट्समा अनुबन्ध भएकोबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले लियोनल मेस्सीका कारण रोनाल्डो युभेन्ट्स गएको बताएका छन् ।

उनले भनेका छन्, ‘लियोनल मेस्सीका कारण रोनाल्डोले इटाली जाने निर्णय गरेका हुन् । म्यानचेस्टर युनाइटेड, रियल मड्रिड तथा पोर्चुगलमा उनले बनाएको रेकर्ड सबैलाई थाहा भएकै कुरा हो । तर, लियोनल मेस्सीसँग तुलना हुने हुँदा उनी इटालीमा समेत आफुलाई प्रमाणित गर्न चाहन्छन् । मलाई आशा छ उनले इटालीमा समेत रेकर्ड बनाउनेछन् ।’

उनले थप्दै भने, मेस्सीभन्दा उत्कृष्ट खेलाडी भएको दबाब उनीमाथि रहेको छ । यसका कारण पनि उनले यस्तो निर्णय लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here