डा गोविन्द केसिसंग झुक्दैनौँ: लालबाबु पण्डित

0
125

काठमाडौं, ५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कसैसँग द्धन्द्ध बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताए ।

 

उनले भने,‘हामी डाक्टर केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार छौं, हामीले वार्ता टोली पनि बनाएका छौं, वार्ताबाहेक आँखा चिम्लिएर सडकबाट माग पूरा गर्नुपर्छ भनेर हुँदैन्, भोलि कसैलाई प्रधानमन्त्री बन्न रहर लागेर अनशन बस्यो भने के हामीले विचरा अनशन बसिहाल्यो भनेर भन्ने हो त ? लोकतान्त्रिक प्रक्रिया र पद्धती छ नि।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा फिर्ता हुने सम्भावना नरहेको सुनाए ।

उनले भने,‘संसदमा प्रस्तुत भएको विद्येयक संशोधनमार्फत पारित हुनसक्छ, तर बिच बाटोबाटै फिर्ता लिने काम हामीबाट हुँदैन, यो सम्भव छैन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here