श्रीमान मरेको तीन वर्षपछि आमा बनिन्

0
203

भारतमा एक युवक सडक दुर्घटनामा मरेको तीन वर्षंपछि उनकी श्रीमती अहिले आएर आमा बनेकी छिन् । मुम्बईका मार्केटिङ कन्सल्टेन्टको तीन वर्षअघि सडक दुर्घटनामा मृत्यु भएको थियो ।

उक्त घटनाको तीन वर्षपछि जसलोक अस्पतालमा सुप्रिया जैन आमा बनेकी हुन् । अगस्ट २०१५ मा सुप्रियाले छोरालाई जन्म दिएपछि उक्त घरमा फेरि खुशीयाली छाएको हो ।

तत्कालिन अवस्थामा बेंगलुरुमा काम गरिरहेका ३० वर्षीय दम्पती सुप्रिया जैन र गौरव एसले एउटा निर्णय लिएका थिए । बिहेको पाँच वर्षपछि पनि उनीहरू आमाबुवा बन्न नसकेपछि आईभीएफ प्रविधिको सहायता लिए । तर भाग्यमा अर्कै कुरा लेखिएको रहेछ र आईभीएफ प्रक्रियामा गएको केही दिनपछि नै गौरव सडक दुर्घटनामा मारिए ।
दुर्घटनापछि सुप्रियालाई सम्हालिन समय लाग्यो । उनले आमाबुवासँग सल्लाह नगरी निर्णय लिइन् । उनी भन्छिन्, ‘हामीहरूले बच्चा पाउनका लागि एउटा शुरूआत गरेका थियौं र अर्को कदम उठाउने लागेका थियौं ।’

उनले पतिको बच्चालाई जन्माउने मन बनाइन् र चिकित्सकसँग परामर्श लिन थालिन् । त्यसपछि उनी आमा बन्ने खर्चिलो र लामो यात्रा शुरू भयो ।
एकदम गाह्रो गरी सुप्रियाका पतिको वीर्य सम्हालेर राख्न सकियो । उनको उपचारमा संलग्न चिकित्सक डा. पारिखका अनुसार उनीहरु कुनै पनि जोखिम उठाउन चाहँदैनथे किनभने उनीहरुले धेरैचोटि डिम्बलाई सेचन गर्ने कोशिश गरेको भएपनि त्यो असफल बनेको थियो । त्यसैले उनीहरु सरोगेट खोज्ने निर्णयमा पुगेका थिए ।

सरोगेट आमाबाट छोरो जन्मेको कुरा सुप्रियाले बालीमा थाहा पाइन् । उनी भन्छिन्, ‘छोरो उसको बाबु जस्तै होस्, म बच्चा हैन, गौरवको बच्चा चाहन्थें । हामीले पहिले नै हाम्रो एक बच्चा पाएपछि अर्को अडप्ट गर्ने निर्णय लिइसकेका थियौं । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here