पोखराको बेगनास तालमा डुङगा पल्टियो, १ एकको मृत्यु, ४ बेपत्ता

0
419

पोखरा । पोखरा महानगरको लेखनाथमा रहेको बेगनासतालमा डुङगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डुङगामा नौजना यात्रु मध्ये ४ जनाको जिवितै उद्धार गरिएको छ । अन्य ४ जना बेपत्ता छन् ।

डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि बेगनासतालमा पुगेर ४ जनाको उद्धार गरेको थियो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here