बेगनासतालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला

0
236

पोखरा, २४ भदौ । शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला परेको छ ।

आइतबार बिहान देखि नै खोजी कार्य सुरु भएको उक्त खोजी कार्य अझै जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुले बिहान देखि नै खोजी गरेका थिए । खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारको गोटाखोर टोली पनि खोजीका लागि आएको कास्की प्रहरी बसन्त पुनले जानकारी दिए ।

पोखरा ३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको थियो । प्रहरीका अनुसार नवलपरासीका ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, १७ वर्षिय मनिषा बजगाईको शव प्रहरीले फेला पारेको हो ।

४ वर्षिय रन्जित गैह्रे र ५ वर्षिय प्राचिन पौडेल तालमा वेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको पुनले बताए । रवि खनाल नेपाली सेनाका प्युठ हुन् ।

दुर्घटनामा परि पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेंल, र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेंल (गैह्रे) को मृत्यु भएको थियो । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो । अर्को डुंगामा एक्लै गएका कमल कडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here