अस्ट्रेलियामा भाँडा टल्काउदै विश्व किर्तीमानी साइकल यात्री पुस्कर शाह

0
882

नेपालका विश्व किर्तीमानी साइकल यात्री पुस्कर शाह यतिबेला कहाँ के गर्दैछन् । धेरैलाई चासोको विषय हुनसक्छ । तर, उनी अष्ट्रेलियामा भाडा टल्काइरहेका छन् भन्दा धेरै जना अचम्मित हुन पनि सक्छन् ।

 

हो पछिल्लो समय उनी अष्ट्रेलियामा रहेका छन् । उनले अष्ट्रेलियामा गएर भाडा माज्दै गरेको तस्बिरहरु आफ्नो फेसबुक एकाउन्टमा सेयर गरेका छन् भने केही घतलाग्दा शब्दहरु पनि शेयर गरेका छन् ।

 

विश्वका १ सय ५० मुलुकलाई साइकलबाटै पाँच पटक फन्को मारेका किर्तीमानी विश्व साइकल यात्री यतिबेला अस्ट्रेलियाको एक होटेलमा भाँडा मस्काउने नोकरीमा छन् ।

उनकाे स्टाटस

११ बर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ बर्ष बितेछ ! यात्रा सकेर नेपाल फर्केको ७ बर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने शुअवसर मिल्यो ! सम्माननीय ज्युको स्वकीय सचिबले मेरो परिचय गराउनु भो !

 

“ ए पुस्करजीलाई त म चिनीहाल्छु नि “ सम्माननीयले गर्ब साथ बोल्नु भो !

 

म खुशीले गदगद भएँ !

 

“अनि भन्नुस पुस्करजी“

 

सम्माननीयको आग्रहले म बोलें

 

जीवनका स्वर्णिम बैंसहरु

 

११ बर्ष

 

४०१५ दिन

 

दुइ लाख एक्काइस किलोमिटर

 

१५० देश

 

संसारलाई साढे पाँच फन्को

 

त्यसपछि संसारभरिको झन्डा बोकेर

 

सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए !

 

अनि ? सम्मानीयले सोध्नु भो !

 

“ संसारलाइ साडे पाँच फन्को पुस्तक लेखें “

 

“ वाउ ! “ सम्माननीय ज्यु दङ्ग पर्नु भो !

 

“ म २०४६ सालको जन आन्दोलनको घाइते पनि हो , चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलिले दाहिने हात छेडेर गएको थियो !

 

बिर अस्पतालले मृतक घोषित गरेर मेरो नाम शहिदको सुचीमा छ ! “

 

भन्दैथें , भन्दैथें , सम्माननीय ज्यु त अघि नै ढलेछन् ! स्वकीय सचिब र सुरक्षा गार्डहरुले खै के के सुँघाएर , पानि छम्केर होसमा ल्याए ! मेरो उग्रक्षमता देखेर डराएछन् क्यारे ।

 

“ त्यत्रो ४६ सालको योद्धा , जिउदो शहिद, ऐलेसम्म पार्टीसदस्यता लिनु भाको छैन ? “ घर फर्केको साँझ स्वकीय सचिबले मलाई फोनमा सोधे ! उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु ! उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जन आन्दोलनमा होमिन सिकाउने !

 

“ देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन “ मैले उनलाई सुनाएँ ! त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो !

 

आमाले मलाई माटो र पसिनालाइ माया गर्न सिकाइन ! म माटोलाइ चट्टकै माया मारेर पसिनालाइ माया गर्न हिडें !

 

ऐले अस्ट्रेलियामा भाँडा टल्काउदैछु ! एकबारको जुनीमा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here