केकी र रीमा एकसाथ ‘सरकारी जागिर’ मा

0
106

नेपाली चलचित्र बजारमा पछिल्लो समय यति धेरै प्रतिष्पर्धा चलेको छ कि एउटा चलचित्रले बजार नपाउँदै उक्त टिम अर्काे मिडियाको थालनी गरिसकेको हुन्छ । अझ कतिपय चलचित्रहरु त हलमा प्रदर्शनमा आएपछि मात्रै चर्चामा आउने पनि हुन्छन् । बलिउड चलचित्रको जस्तो चलचित्रमा साइन गरेदेखि नै अभिनेता वा अभिनेत्रीहरुको चर्चा नेपाली चलचित्र उद्योगम हुने गर्दैन् ।
यस्तै चलचित्रको भीडमा एउटा चलचित्र छायांकनमा छ, जसलाई हाम्रा मिडियाकर्मी साथीहरुले पत्तो पाएका छन् । चलचित्रको नाम हो ‘सरकारी जागिर’ । नेपाली चलचिको इतिहासमा फरक किसिमको न्वारान गरिएको उक्त फिल्म ‘सरकारी जागिर’मा दुई अभिनेत्रीहरु केकी अधिकारी र रिमा विश्वकर्माको प्रमूख भूमिका रहेको छ ।

यी दुवै अभिनेत्रीले चलचित्र ‘स्वर’ मार्फत एकसाथ चलचित्र नगरीमा डेब्यु गरेका थिए । यी दुवै अभिनेत्री फेरि एकपटक सँगै देखिने भएका छन् ।

अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्रमा केकी र रीमासँगै गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here